काठमाडौं । कारियन अटोमोवाइल कम्पनी हुन्डाई मोटर्सले ‘आयोनीक सिक्स’ सेडान कारको ग्लोवल प्रिमियर गरेको छ । कम्पनीको इलेक्ट्रीक प्लेटफर्म ‘इजीएमपी इलेक्ट्रीक स्केटबोर्ड आर्किटेक्चर’मा बनेको आयोनीक सिक्स निकै आकर्षक देखिएको छ ।
हुन्डाईले गत वर्षको सुरुवातमा देखाएको प्रफेसी कम्सेप्टसँग धेरै हदसम्म मिल्दोजुल्दो देखिएको आयोनीक सिक्स रहेको छ ।
हुन्डाई आयोनीक सिक्स प्रफेसी कन्सेप्टभन्दा केही टोनडाउन गरिएको भएपनि चतुर तरिकाले धेरैजसो डिजाइन ‘पीक’ गरेको देखिन्छ । प्रदुषण रहित सेडानलाई हुन्डाईले रेट्रो डिजाइन ल्याङ्वेजमा आधारित रहेर तयार गरेको हो । तर, अहिलेको बजार मागलाई सम्बोधन गर्न थुप्रै आधुनिक ‘एलिमेन्ट’ दिएको देखिन्छ ।
नयाँ आयोनीक सिक्सको अगाडि र पछाडिको भागलाई झट्ट हेर्दा पोर्स्चेको भिन्टेज कारको याद दिलाउँछ । अत्याधुनिक प्रविधिले बनाइएको एरोडाइनामीक सेपको बडीका कारण यसको ड्रयाग कोफिसीयन्ट मात्र ०.२१ रहेको छ । यो कार धेरैहदसम्म ‘वर्ल्ड कार अफ दी इयर २०२२’ विजेता हुन्डाई आयोनीक फाइभमा जस्तै फिचर लोडेड रहेको छ ।

यसको इन्टेरियरमा दुईवटा १२ इन्चको स्कृन, फ्ल्याट बटम स्टेरिङ ह्वील, सफा र सफेद ड्यासबोर्ड, नयाँ सेन्टर कन्सोल, डाउनवार्ड स्लोपीङ डोर आर्मरेष्ट, ६४ थरी कलर परिवर्तन हुने एम्बीयन्ट लाइट, इन्ट्रीगेटेड डिजिटल मिरर पाउन सकिन्छ ।
लेगरुम बढाउन सहयोग पुग्ने भएकोले यसको ह्वीलवेस पनि निकै लामो दिइएको छ । नयाँ कारको ब्याट्री र अन्य फिचर आयोनीक फाइभसँग मिल्दो जुल्दो भएपनि रेन्ज भने केही बढेको छ । यो कारमा १६७ किलोवाट र २३८ किलोवाट क्षमताका मोटर प्रदान गरिएको छ । यसलाई कम्पनीले अल ह्वील र टु ह्वील ड्राइभ अप्सनमा ल्याउने छ ।


