नेपाल आयो फोटोन अमार्क

काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिले मिनीट्रक अमार्क नेपाल ल्याएको छ ।

कम्पनीले यसअघि नै अमार्क मिनिट्रक नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको थियो । नेपाल आएको मिनिट्रकको विषयमा कम्पनीले कुनै जानकारी नदिएपनि छिट्टै विक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।

फोटोनले ल्याएको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि परिचित मोडल हो । यसको क्याविन डिजाइन पनि उत्कृष्ट छ भने गाडीमा अत्याधुनीक फिचर पाउन सकिन्छ ।

यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज्ड डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसको रेटेड पेलोड क्यापासीटी भने ३७३० केजी रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्सपावर र २२५ न्यूटन मिटर टर्क जेनरेट गर्छ ।


Back_to_top