काठमाडौं । चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले कुनैपनि ब्राण्डको पुरानो गाडी ल्याएर नयाँ चेरीको गाडी एक्सचेन्ज गर्न सकिने स्कीम ल्याएको छ । कम्पनीले ‘एक्सचेन्ज वीक’ नाम दिएर ल्याएको स्कीममा ग्राहकले ६ लाख ३१ हजारसम्मको फाइदा लिन सक्नेछन् ।
कम्पनीले थापाथलीमा रहेको चेरीको शोरुममा आजदेखि सोमबारदेखि सुरु गरेको एक्सचेन्ज क्याम्प आगामी आइतबारसम्म संचालन हुने जनाएको छ ।
एक्सचेन्ज वीकको अवसरमा कुनै पनि ब्रान्डको पुरानो कारसँग नयाँ चेरी कार साट्न सकिने छ । यसरी एक्सचेन्जमा आउने ग्राहकलाई चेरीले ४ लाख रुपैयाँसम्म नगद छुट उपलब्ध गराउने जनाएको छ ।
त्यसैगरी पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस १ लाखसम्म दिने र एक्सचेन्ज बोनस वापत पनि १ लाखसम्म उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले ग्राहकलाई १ वर्षको इन्स्योरेन्स र १ वर्षको वार्षिक सवारी कर दिने जनाएको छ । सबै छुट जोड्दा समग्रमा चेरी टिगो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् ।


