फेसलिफ्ट एमजी हेक्टर तयार, यस्ता छन् परिवर्तन

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले भारतमा पहिलो बनाएको मोडल हेक्टरको मिडलाइफ फेसलिफ्ट लगभग तयार भएको । नेपालमा पनि विक्री भइरहेको हेक्टर फेसलिफ्टको पहिलो टीजर एमजी मोटर इन्डियाले सार्वजनिक गरेसँग यसको चर्चा सुरु भएको हो ।

कम्पनीले सार्वजनिक गरेको तस्विरमा इन्टेरियर मात्र देखाइएको छ । तस्विर अनुसार हेक्टर फेसलिफ्टमा १४ इन्चको हाइडेफिनेशन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ ।

एमजीले भारतमा उत्पादन भएका गाडीमै पहिलो पटक स्कृनमा नै इनब्यूल्ट गाना, एक्कुवेदरसहित विभिन्न उपयोगी एपहरु दिनेछ । एमजीले नयाँ हेक्टरलाई भारतको पहिलो इन्टेरियर कारको रुपमा ब्राण्डिङ सुरु गरेको छ । एमजीले यो एसयूभीमा भारतीको विभिन्न राज्यमा बोलिने फरक फरक भाषा समावेस गर्दै भोइस कमाण्ड दिन मिल्ने बनाउँदै छ ।

एमजीले भारतमा उत्पादित आफ्ना कारमा नयाँ नयाँ इन्डष्ट्री फस्ट टेक्नोलोजी र फिचरहरु दिदै आएको छ । यसअघि पनि एमजीले हेक्टरमा इन्टरनेट फङ्सन चलाउन मिल्ने सुविधा ल्याएको थियो । त्यस्तै एमजीले अर्को मोडल एस्टरमा लेवल २ को अटोनोमस डाइभिङ असिस्ट सिस्टम (एडिएएस) को फिचर पहिलो पटक मिडसाइज सेग्मेन्टमा ल्याएको थियो ।

एस्टरमा दिइसकेको एडिएएसको सुविधा हेक्टर फेसलिफ्टमा पनि आउने अपेक्षा गर्न सकिन्छ । एमजी हेक्टरमा १.५ लिटरको टर्बोचार्ज्ड पेट्रोल २.० लिटर डिजेल इन्जिनमा आउनेछ । हेक्टरमा ६ स्पीड म्यानुयल र अटोमेटीक सीभीटी गियरबक्स हुनेछ । म्यानुयल मोडलमा ४८ भोल्टको माइल्ड हाइब्रिड टेक्नलोजीको समेत सुविधा हुनेछ ।


Back_to_top