काठमाडौं । एनजीएम हिरोले हिरो मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्य वृद्धि गरेको हो ।
कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार एक्सपल्स २०० को रेगुलर मोडलको मूल्य १५ हजार रुपैयाँले वृद्धि भएको छ भने एक्सपल्स २०० फोर भीको मूल्य २ हजार ५०० रुपैयाँले वृद्धि भएको छ ।
त्यस्तै हिरो एक्स्ट्रीम १६० आरको मूल्य २२ हजार रुपैयाँले बढ्दा एक्लपल्स २०० टीमा सबैभन्दा धेरै ३२ हजार रुपैयाँले वृद्धि भएको छ ।
यसअघि कम्पनीले एक्सपल्स २०० को मूल्य ४ लाख ३ हजार ५०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको थियो । त्यस्तै एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ र एक्स्ट्रीम १६० आरको मूल्य ३ लाख ४२ हजार रुपैयाँ थियो ।
हिरो एक्सपल्स २०० टीको मूल्य ३ लाख ५२ हजार रुपैयाँमा विक्री गर्दै आएको थियो । एकै पटक ३२ हजार बढेर यसको मूल्य ३ लाख ८४ हजार रुपैयाँ भएको छ ।
सबै मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य


