काठमाडौं । चिनियाँ ब्राण्ड डिएफएसकेले तीन ब्याट्री अप्सनसहित ‘फेङ्गन मिनी ईभी’ बजारमा ल्याएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि बलियो उपस्थिति बनाएको डिएफएसकेको मिनी ईभी ९.१८, १३.८ र १६.८ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेड ब्याट्रीमा उपलब्ध छ ।
यो मिनी ईभीको साइज विलिङ एयर मिनीको जस्तै समान रहेको छ । विलिङ एयर मिनी भने बज्र ग्रुपले नेपाल ल्याएको छ । डिएफएसके नेपालमा कुजु नेपाल प्रालिले विक्री गर्दै आएको छ । तर, कुजु नेपालले ‘फेङ्गन मिनी ईभी’ नेपाल ल्याउने वा नल्याउने विषयमा कुनै जानकारी दिएको छैन ।
डिएफएसकेले इन्डोनेशियामा उत्पादन गरेका गाडी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । यस्तोमा ‘फेङ्गन मिनी ईभी’ इन्डोनेशियामा उत्पादन सुरु भएसँगै नेपाल आउने अनुमान गर्न सकिन्छ ।
डिएफसकेले ल्याएको नयाँ फेङ्गन मिनी ईभीमा रहेका फिचरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
साइज
डिएफएसकेले यसको लम्बाई २९९५ एमएम, चौडाई १४९५ एमएम र उचाई १६४० एमएम दिएको छ । यसमा १९६० एमएमको ह्वीलवेस र १३५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा चालकसहित ४ जनाले आरामदायी यात्रा गर्न सक्नेछन् ।

पावर र रेन्ज
डिएफएसकेले फेङ्गन मिनी ईभीको ९.१८ र १३.८ किलोवाट आवर ब्याट्री भर्सनमा २५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । कम्पनीले यसको टप स्पेकमा ३० किलोवाट आवरको मोटर दिइएको छ ।
यी तीन वटै भेरियन्टको रेन्ज भने फरक फरक रहेको छ । सबैभन्दा सानो ब्याट्री भएको भेरियन्टले सिंगल चार्जमा १२० किलोमिटर, बीचको भेरियन्टले १८० र टप भेरियन्टले २२० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।
यी तीन वटै भेरियन्टको चार्जिङ टाइम पनि फरक छ । जसलाई फुल चार्ज गर्न ४ देखि ७ घन्टाको समय लाग्ने छ । यसको स्पीड पनि निकै राम्रो छ । यसले सून्यदेखि ५० किलोमिटरको स्पीड भेट्टाउन ५.१ सेकेन्ड मात्रै लगाउने छ ।

