काठमाडौं । भृकुटीमण्डपमा जारी ईभी एक्स्पोमा नयाँ ब्रान्डको इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । यूजीबेस्ट ९यूजीबीइएसटी० ब्रान्डको दुई मोडलको स्पोर्टी स्कुटर सार्वजनिक भएको हो ।
ग्लोबल सेभेन प्रालिले यूजीबेस्ट इलेक्ट्रीकको उत्पादन नेपाल भित्र्याएको हो । कम्पनीले आर ३ र आर ३ प्रो भृकुटीमण्डपमा जारी ईभी एक्स्पोमा सार्वजनिक गरेको छ ।
यसको आधिकारिक विक्री भने मंसिर २१ गरेदेखि सुरू गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
यूजीबेस्ट आर ३ मा ४ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ६० भोल्ट ४० एएच क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ । यो स्कुटरलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।
आर ३ प्रोमा भने डबल ब्याट्री अप्सन रहेको छ । आर ३ प्रो लाई एक पटक फुलचार्ज गरेर २०० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
आर ३ प्रोमा फास्ट चार्जिङ सुविधासमेत रहेको कम्पनीले जनाएको छ भने यसलाई १ घण्टामा फुलचार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
एकदमै स्पोर्टी डिजाइन भएको यो इलेक्ट्रीक स्कुटको दुवैतर्फ डिस्क ब्रेक उपलब्ध रहेको छ । त्यस्तै यसमा फुल डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एलईडी लाइट्स जस्ता फिचर उपलब्ध रहको छ ।
कम्पनीका अनुसार आर ३ को मूल्य ३ लाख ८० हजार रुपैयाँ र आर ३ प्रोको मूल्य ५ लाख ३० हजार रुपैयाँ निर्धारण गरेको छ । यी दुवै स्कुटरको बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ ।


