भारतीय धनाढ्यको रोजाइमा परेका यी कार

कार चढ्ने चाहना सबैलाई हुन्छ । सामान्य कार चढ्नेको केही राम्रो छढ्ने शौख हुन्छ भने राम्रो कार चढ्नेहरूको चाहाना सुपर कार चढ्ने हुन्छ । तर, सबैले सुपर कार आफुसँग राख्ने चाहना पूरा गर्न सक्दैनन् । 

यस्तो अवसर सीमित धनाढ्यहरूले पाउँछन् । हामीले यहाँ भारतीय धनाढ्यहरूसँग भएको विश्वका उत्कृष्ट कारहरूका बारेमा उल्लेख गरेको छौं ।  

मुकेश अम्बानी 


मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् । अम्बानी विश्वको महंगोमध्येको घरमा त बस्छन् नै, त्योसँगै महंगो र सुरक्षित कारमा सवार हुन्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मुकेश अम्बानी चढ्ने कार एउटै मोडलको हो । जर्मन कार निर्माता बीएमडब्लूको ७६० एलआई–कार अम्बानीले चढ्छन्, जसमा धेरै मोडिफाई गरिएको छ । 

अम्बानीले गाडी दर्ताका लागि मुम्बई मोटर भेहिकल डिपार्टमेन्टमा एक करोड ६० लाख भारतीय रुपैयाँ बुझाएका छन् । जुन रकम यसअघि कोहीले पनि बुझाएका थिएनन् । 

गौतम अदानी


भारतीय धनाढ्य गौतम अदानी विगतमा भारुती–८०० चढ्थे । तर, अहिले उनीसँग विलाशी कारको कलेक्सन नै रहेको छ । अदानीसँग भएको विलाशी कारको सूचीमा बीएमडब्लूदेखि लिमोजिनसम्म रहेको छ । उनलाई मनपर्ने कारमध्येमा रातो रङ्गको फरारीसमेत पर्छ । 

लक्ष्मी मित्तल


भारतका अर्का धनाढ्य लक्ष्मी मित्तलसँग पोस्र्च बक्स्टर रहेको छ । यो कारलाई स्टाटस सिम्बोलको रुपमा समेत लिइन्छ । दुई सिटे यो विलाशी कारधनीहरूलाई प्रभावशाली रहेको देखाउने बताइन्छ । मित्तलसँग मर्सिडिज बेञ्ज सी–क्लास कारसमेत रहेको छ । 

अनिल अम्बानी


रिलायन्स एडीएजीका अध्यक्ष तथा मुकेश अम्बानीका भाई अनिल अम्बानीसँग पनि विलाशी कारहरूको सङ्ग्रह नै रहेको छ । अनिलसँग पहेँलो रङ्गको लेम्बर्गिनी गालार्डो रहेको छ, जसको मूल्य करिब तीन करोड भारतीय पर्छ । यसकासाथै उनीसँग रोल्स रोयसको फ्यान्टम र पोस्र्च पानामेरा रहेको छ । 

सुनिल मित्तल


सुलिन मित्तलसँग विश्वका मुख्य विलाशी कारहरूको सङ्ग्रह रहेको छ । उनीसँग मर्सिडिज, फोर्ड, पोस्र्च तथा अडीको कार रहेको छ । सुनिल मित्तल अक्सर कालो रङ्गको मर्सिडिज एस-५०० मा सवार हुन्छन् ।


Back_to_top