फियात क्रिसलर अटोमोबाइल्सले निर्माण भैरहेको जीप र्याङलर हाइब्रिडमा समावेश हुने कम्पोनेन्टबारे जानकारी दिएको छ । साथै, एफसीए प्लान्टले जीप र्याङलर (पीएचईभी) हाइब्रिड मोडल्सका लागि पावर इलेक्ट्रोनिक मोडलको निर्माण गर्ने जनाएको छ ।
कम्पनीले ग्लोबल आर्किटेक्चरमा इलेक्ट्रीक प्रोपल्सन सिस्टमको विस्तारको योजना बनाएको हो । जीप र्याङलर हाइब्रिड २०२० मा सार्वजनिक हुने अनुमान गरिएको छ ।
कम्पनीले उत्कृष्ट उत्पादनमार्फत् ब्यवसाय विस्तारमा लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ । र्याङलरमा पावर इलेक्ट्रोनिक मोडलअन्र्तगत दुईवटा पावरट्रेन कम्पोनेन्ट दिइनेछ । यसमा पावर इन्भर्टर मोडुल र इन्टग्र्रेटेड ड्यूल चार्जर मोडल दिइएको छ ।
सुरक्षा संरचनालाई ध्यानमा राख्दै पावर इलेक्ट्रोनिक मोडललाई एक्स–स्ट र प्रोप–साफ्टबीचमा राखिएको छ ।
कम्पनीले उक्त हाइब्रिड मोडलका लागि सबै सिस्टम जोड्नुको साथै, पावर इन्भर्टर मोडलका लागि प्रयोग हुने सफ्टवेयर, कुलेन्ट तथा इलेक्ट्रीक सिस्टमलाई परीक्षण गर्ने जनाएको छ ।

