हुन्डाई इन्डियाले अतिरिक्त सुविधासहित एक्सेन्ट सब–कम्प्याक्ट सेडान सार्वजनिक गर्ने भएको छ । परिमार्जित हुन्डाई एक्सेन्टमा एन्टीलक ब्रेकिङ सिस्टम (एबिएस) र इलोक्ट्रोनिक्स ब्रेकफोर्स डिष्ट्रीब्युसन (इबीडी) का साथै डबल फ्रन्ट एयरब्याग लगायतका विशेषता थपिएको छ ।
यी सबै फिचरहरु हुन्डाईले एक्सेन्ट फेसलिफ्ट बजारमा आएको एक वर्ष पछाडि परिमार्जिन गर्न लागेको हो ।
सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले कारलाई मारुती सुजुकी डिजायर, फक्स्वागेन एमेओ, होन्डा अमेज, टाटा टिगोर लगायतका मोडलको जस्तै एग्रेशिप लुक्स दिएको छ । कम्पनीका अनुसार एक्सेन्टको मेकानिकल पार्टमा भने कुनै परिमार्जन गरिएको छैन । हुन्डाईले एक्सेन्टमा ‘ई प्लस’ भेरियन्ट हटाएको छ भने, यसको सट्टा ई, एस, एसएक्स र एसएक्स(०) चार भेरिएन्टमा सार्वजनिक गर्ने तयारी गरको छ ।
चर्चित मोडल डिजायर र अमेजको तुलनामा इबीडी विशेषतासहित परिमार्जित हुने एक्सेन्ट पहिलो मोडल हो । हुन्डाई फेसलिफ्टको इन्टेरियर र एक्सटेरिएरमा समेत परिमार्जन गरिएको छ ।
यसमा न्यु ग्रिल, एलइडी डिआरएएस, रि डिजाइन हेडल्याम्प र न्यु टेललाइट लगाइएको छ । साथै, यसमा डबल टोन ड्यासबोर्ड, ७ इन्च टच स्क्रिन इन्फोटेनेमन्ट सिस्टम, ब्लुतुथ कनेक्टिभिटी, एप्पल कार प्ले, र एन्ड्रोइड अटोलगायतका विशेषता दिइएको छ । साथै यसमा पहिला रहेको ग्लोब बक्स कुलिङ, अटो क्लाइमेट कन्ट्रोललगायतका फिचरमा समेत परिमार्जन गरिएको छ ।
कम्पनीले यसमा पेट्रोल इन्जिनमा कुनै परिर्वतन गरेको छैन भने, नयाँ १.२ लिटर डिजेल इन्जिनको प्रयोग गरिएको छ । यसले ७४ बिएचपीपावरका साथै १९० एनएमटर्क उत्पादन गर्छ । ५ स्पीड म्यानुअल गियर बक्स लगाइएको छ ।


