फ्रान्सको अटो निर्माता कम्पनी बुगाटीले हाइपरकार ‘बुगाटी डिभो’ सार्वजनिक गरेको छ । शानदार तथा आकर्षक लुकमा निर्माण गरिएको कारलाई कम्पनीले क्लालिफोर्नियाको पेबल विच कनकर्डमा सार्वजनिक गरेको हो । बुगाटी डिभो एक लिमीटेड प्रोडक्शन कार हो । संसाभर यो कार मात्रै ४० युनिट्स बिक्री गर्ने कम्पनीले जनाएको छ ।
यसको बिक्री मुल्य ५८ लाख डलर रहेको छ । बुगाटी चिरोन कार चलाउँदै आएका ग्राहकले मात्रै यो कार खरिद गर्न सक्नेछन् । कारको अत्याधिक मूल्यको बाबजुद सार्वजनिक हुनुअघिनै सबै कार बिक्री भैसकेको थियो ।
डिभो कम्पनीको चर्चित मोडल चिरोनमा आधारीत कार हो । दुबै मोडलमा ८ लिटर क्वाड टर्बाे डब्ल्यु १६ इन्जिन दिइएको छ । यसले १४७९ बीएचपी पावर उत्पादन गर्छ । कारलाई ० देखि १०० किलोमिटरको रफ्तार पकड्न जम्मा २.४ सेकेन्डको समय लाग्ने छ ।
डिभोको टप स्पीड क्षमता ३८० किलोमिटर प्रतिघन्टा रहेको छ भने, चिरोनको टपस्पिड क्षमता प्रतिघन्टा ४२० किलोमिटर भन्दा केही कम मात्रै रहेको कम्पनीले जनाएको छ ।
डिभोमा एडभान्स एरोडायनामिक प्याकेज दिइएको छ । जसले कारलाई शानदार तथा अग्रेशिब बनाउन मद्धत पुुर्याएको छ । यसको तौल चिरोनको भन्दा ३४ किलोग्राम कम रहेको छ ।
हाइपर कारको नामको पछाडि छुट्टै कहानी जोडिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार फ्रान्सका लेजेन्ड्री रेस ड्राइभर अल्बट्र्रो डिभोको नामबाट कारको नामाकरण गरिएको हो । अल्बर्टाे डिभोले १९२० को दशकमा दुई पटक टार्गा फ्लोरियो रेस जित्न सफल भएका थिए ।


