यामाहा एमटी १५ को लोकप्रियता बढ्दो, अब सजिलै किन्न सकिने

काठमाडौं । अटोमोबाइल व्यवसायको व्यापारमै मन्दी छाए पनि यामाहा एमटी १५ भने किन्नै नपाइने मोटरसाइको पहिलो नम्बरमा पर्छ । यामाहा एमटी किन्न ग्राहकले महिनौदेखि बुकिङ गरेर कुर्नुपर्ने अवस्था छ ।

अझै पनि यसअघि बुकिङ गरेका कतिपय ग्राहकले यामाहा एमटी १५ डेलिभरीको पखाइमा छन् । अब भने कम्पनीले यामाहा एमटी १५ किन्ने ग्राहकले १ महिनाभन्दा लामो समय प्रतिक्षा गर्नु नपर्ने बताएको छ ।

नयाँ खरिद गर्न चाहाने ग्राहकले अब महिना दिनभन्दा कम समयमा नै मोटरसाइकल डेलिभरी पाउने नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले जनाएको छ ।

‘प्रतिबन्ध लगायतका कारण मोटरसाइकल ल्याउन समस्या भइरहेको थियो । अहिले अटो मार्केट स्लो भए पनि एमटी १५ को लोकप्रियताका कारण मोटरसाइकलले ग्राहकको माग धान्ने मुस्किल भइरहेको छ,’ एमएडब्ल्यू इन्टरप्राइजेज अन्तर्गत यामाहा डिभिजनका सीईओ राजु क्षेत्रीले मेरोअटोसँग भने, ‘अब भने ग्राहकले बुकिङ गरेको महिना दिन भित्रै मोटरसाइकल उपलब्ध गराउने छौं ।

ग्राहकले देशभर रहेको यामाहाको शोरुमबाट एमटी १५ बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । युवा वर्गमा छुट्टै पहिचान बनाउन सफल एमटी १५ को दुई भेरियन्ट नेपालमा विक्री भइरहेको छ । कम्पनीले नेभी ब्लू र ब्ल्याक एडिशनको मूल्य ४ लाख ९० हजार ९०० रुपैयाँ र कलर अलोय भएको स्ट्याण्डर्ड भेरियन्टको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ मोटरसाइकल

यामाहाले एमटी १५ मा १५५ सीसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० आरपीएममा १४।७ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

यसको लम्बाइ २०२० एमएम, चौडाइ ८०० एमएम, १०७० एमएम उचाइ रहेको छ भने १३३५ एमएमको ह्वीलबेस लगाइएको छ ।

एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ । साथै मोटरसाइकलमा बक्स टाइप स्विङआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आइ एलईडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।


Back_to_top