सार्वजनिक हुनु पूर्व नै सडकमा देखियो महिन्द्रा बोलेरो नियो प्लस

काठमाडौं । भारतीय एसयूभी एक्स्पर्ट महिन्द्रा एण्ड महिन्द्राको उत्पादन महिन्द्रा बोलेरो नियो प्लस सार्वजनिक हुनुपूर्व नै भारतका सडकमा देखा परेको छ ।

यो एसयूभी कम्पनीले लामो समयदेखि उत्पादन बन्द गरेको टीयूभी ३०० प्लससँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ ।

कम्पनीले यो गाडी विभिन्न ५ भेरियन्टमा ल्याउने जनाएको छ । यसमा सात र ९ सिट क्षमता रहने छ । यसको इन्टेरियर भने बोलेरो नियोसँग मिल्दो जुल्दो रहने अनुमान गर्न सकिन्छ । यसको पछाडिको भागमा रहेको स्पेयर ह्वील कभरमा बोलेरो ब्राण्डिङ गरिएको छ ।

त्यस्तै, टेल ल्याम्प डिजाइन र बम्परपनि बोलेरो नियो भन्दा फरक देखिएको छ । यसको इन्टेरियरमा रहेको क्याबिनमा भने हाल विक्री वितरण हुँदै आएको बोलेरो नियोभन्दा खासै फरक नहुने बताइएको छ ।

यसमा ७ इन्चको इन्फोटेन्मेन्ट यूनिट, क्रुज कन्ट्रोल, एड्जस्टेबल ड्राइभर सिट, इलेक्ट्रीकल्ली एड्जस्टेबल ओआरभीएम, रियर पार्किङ सेन्सर लगायत सुविधा पाउन सकिन्छ । नयाँ एसयूभीको स्ट्याण्डर्ड सेफ्टी फिचर्समा डुअल फ्रन्ट एयरब्याग,एबीएस, ईबीडी दिइएको छ ।

महिन्द्रा बोलेरो नियो प्लसमा कम्पनीले २।२ लिटरको एमहक डिजेल इन्जिन दिने अपेक्षा गरिएको छ । यो इन्जिनले १३० ब्रेक हर्सपावर र ३०० एनएम पिक टर्क प्रदान गर्छ ।

यसको मूल्य १० लाख भारतीय रुपैयाँ ९एक्स शोरुम मूल्य० बाट सुरू हुने अनुमान गरिएको छ । यो गाडी नेपाल पनि आउने सम्भावना रहेको छ । यसलाई महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इनकर्पोरेट प्रालिलेले नेपाली बजारमा विक्री वितरण गर्नेछ ।


Back_to_top