अमेरिकाको पाँचौ ठूलो सहर अक्रोनमा भएको छैटौं ‘एनुयल मोल्टो बेला मोटर शो’मा हजारौं संख्यामा आर्कषक कारहरु प्रदर्शनीमा राखिएको छ । अटो शोमा राखिएका यस्ता आर्कषक कार हेर्न लाखौ मानिसहरु उस्थित भएको आयोजकले बताएका छन् ।
मेलामा फेरारी, अडी, लैम्बर्गिनी, मर्सिडिज, फक्सवागेन जस्ता कम्पनीले निर्माण गरेका भेनेन्टेज कारहरु राखिएका छन् । अटो शोमा राखिएका कयौ कारहरु १० लाख डलर भन्दा माथि मूल्यका समेत छन् । जसले अटो शोलाई भब्य बनाएको छ ।
उक्त मोटर शोमा धेरै मानिसले जीवनभर नदेखेका कारहरुसमेत प्रदर्शनीमा राखिएको आयोजकको दाबी रहेको छ ।












