म्याग्नाइटमा थपियो फिचर, आयो ‘गेजा एडिशन’

काठमाडौं । निसानको सब फोर मिटर एसयूभीले १ लाख यूनिट पुरा गरेको अवसरमा स्पेशल ‘गेजा एडिशन’ बजारमा ल्याएको छ । कम्पनीले आफ्नो चेन्नाईमा रहेको प्लान्टबाट एक लाखौं यूनिट उत्पादन पुरा गरेको हो ।

निसान म्याग्नाइट जापानमा डिजाइन भएर इन्डियामा उत्पादन भएको मोडल हो । त्यसैले यसलाई डिजाइन एक्पर्टीज र इन्डियन म्यानुफ्क्चरिङ पावरको समिश्रण पाउन सकिन्छ । त्यसैले यसले १ लाख यूनिट उत्पादन पुरा गरेको अवशरमा गेजा एडिशन ल्याएको हो ।

जापानीज थियटरको एक्प्रेसीभ म्युजिकल थीममा आधारित गेजा एडिशनमा सुधारिएको इन्फोटेन्मेन्ट सिस्टम र जेबीएलको साउण्ड सिस्टम दिइएको छ । गेजा एडिनशमा ८ इन्चको सट्टा ९ इन्चको इन्फोटेन्मेन्ट स्कृन पाउन सकिन्छ ।

कम्पनीले यसमा एन्ड्ररोइड अटो र एप्पल कार प्ले वायरलेस कनेक्ट हुने सिस्टम दिएको छ । डिउलटोन ड्यासबोर्ड, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सार्कफीन एन्टेना, एम्बियन्ट लाइट, गाइड लाइनसहितको रियर क्यामेरा जस्ता थप फिचरहरु पाउन सकिन्छ ।

निसानले सुरक्षाका लागि इलेक्ट्रोनिक स्टेविलीटी प्रोग्राम, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल असिस्ट, टायर प्रेसन मोनिटरिङ जस्ता फिचर सबै भेरियन्टमा स्ट्याडण्र्ड बनाएको छ ।

निसान म्याग्नाइट भारतमा उत्पादन भएर बंगलादेश, यूगाण्डा, ब्रूनाई, नेपाल लगायतका १५ देशमा निर्यात हुँदै आएको छ । निसानको म्याग्नाइटले ग्लोवल एनक्यापमा ४ स्टारको सेफ्टी रेटिङ पाएको छ । निसान म्याग्नाइट १.० लिटरको थ्री सिलिण्डर टर्बो र नेचुरल्ली एस्पीरेटेड एस्पायर्ड दुई फरक इन्जिनमा पाउन सकिन्छ ।


Back_to_top