टीभीएस आइक्यूबको मूल्य ४ लाख ३० हजार

काठमाडौं । जगदम्वा मोटर्सले टीभीएस आइक्यूबको मूल्य सार्वजनिक गरेको छ । कम्पनीको पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूबको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो ।

कम्पनी स्रोतका अनुसार अगष्ट पहिलो हप्तादेखि आइक्यूबको विक्री सुरु गर्ने तयारी गरिएको हो ।

पहिलो चरणमा उपत्यकाका केहि शोरुममा मात्र आइक्यूब उपलब्ध हुने स्रोतको भनाई छ । हाल काठमाडौं नक्साल शोरुमबाट टीभीएस आइक्यूब बुकिङ गर्न सकिने छ । आधिकारि रुपमा नै भने केही दिनमा नै बुकिङ खोल्ने तयारीमा कम्पनी रहेको छ ।

जगदम्वा मोटर्सले २०२१ मोडल आइक्यूव नेपाल ल्याएको हो । हाल एक भेरियन्टको स्कुटर मात्र नेपाली बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयन ब्याट्री रहेको छ । यो ब्याट्रलाई एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसका अलावा आइक्यूबको एसटी भेरियन्टले भने १४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

यसका अलावा यो ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।आइक्यूवमा ३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिधन्टा रहेको छ ।

आइक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेका स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड उपलब्ध छ ।


Back_to_top