काठमाडौं । क्रसफायरले मोटरसाइकलमा मूल्य समायोजन गरेपछि नयाँ स्कीम ल्याएको छ । कम्पनीले ‘उपहार मेला नो झमेला’ स्कीम ल्याएको हो ।
क्रसफायर तथा इटालीका मोटोको आधिकारिक विक्रेता कम्पनी क्लासिक ह्वील एक्स्र्पोट एण्ड इम्र्पोट प्रालिले क्रसफायर तथा इटालीका मोटो दुवैमा लागू हुने गरी उक्त स्कीम ल्याएको हो ।
यो स्कीममा ग्राहकले नगद छुट, एक्सजेन्ज बोनस, टेस्ट राइडमा उपहार तथा फाइनान्स लगायत सुविधा पाउने छन् ।
यो स्कीम अन्तर्गत नगदमा मोटरसाइकल किन्ने ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउने छन् । त्यस्तै, यो योजनामा मोटरसाइकल टेष्ट राइड गर्ने ग्राहकले हरेक टेष्ट राइडमा क्रसफायरको मन्र्चेन्डाइज, लक्की विजेताले माउन्टेन फ्लाइट टिकट जित्न सक्नेछन् ।
एक्स्चेन्ज मार्फत क्रसफायर तथा इटालीका मोटो मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले १० हजार एक्स्चेन्ज बोनस प्राप्त गर्नेछन् । ग्राहकले कुनै ब्राण्डका पुराना स्कुटर तथा मोटरसाइकलसँग क्रसफायर तथा इटालीकाका नयाँ मोटरसाइक एक्स्चेन्ज गर्न सक्ने जनाएको छ ।
यस स्कीममा फाइनान्स सुविधा अन्तर्गत ५ लाखसम्मका मोटरसाइकलमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । २ वर्षको इएमआई सुविधामा पाइने यस स्कीकमा ग्राहकले ९ प्रतिशत मात्र ब्याज तिनुपर्नेछ ।
त्यस्तै ५ लाखभन्दा माथिका मोटरसाइकलमा भने ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने कम्पनीले जनाएको छ । मोटरसाइकल खरिदपछि पनि ग्राहकले विभिन्न अफर पाउने छन् । ग्राहकले मोटरसाइकल किनेको एक वर्षसम्म स्पेयर पार्टस्मा १५ प्रतिशत छुट पाउने छन् भने एकजना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्नेछन् ।
यो स्कीम क्रसफायरको देशभरका सबै शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


