काठमाडौं । कियाको इन्ट्री मोडल पिकान्टो ह्याचव्याक २०२३ को तस्बीरहरु अनलाइन मार्फत लिक भएका छन् । कोरियन निर्माताले पिकान्टोको नयाँ मोडल आगामी जुन महिनाको अन्त्यसम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ ।
नयाँ पिकान्टो अहिलेको मोडलभन्दा निकै मोर्डन लुक्समा देखिएको छ । कम्पनीले नयाँ जेनेरेन मोडलको सट्टा अहिलेकै मोडलमा हेभी अपडेट गरेको हो । पिकान्टोको थर्ड जेनेरेशन मोडल अहिले बिक्री हुँदै आएको छ ।
सार्वजनिक भएको तस्बीरमा देखिए अनुसार नयाँ स्पोट्स ह्याचव्याकमा किया मोटर्सको सिग्नेचर टाइगर नोज ग्रिल र भर्टिकल स्ट्याक्ड एलइडी हेडल्याम्प तथा क्रोम फिनिसिङ देख्न सकिन्छ ।
अपडेट भएर आउँदा लोअर ग्रिलको दुबै साइडमा भर्टिकल एयर इनलेट्स दिइएको छ । साइडमा नयाँ डिजाइनको अलोय ह्वील देख्न सकिन्छ । रियरमा कनेक्टेड लाइटबार सहितको एलइडी टेलल्याम्प दिइएको छ ।
धेरै अर्थमा यो कारको डिजाइन कियाको आउँदै गरेको इलेक्ट्रीक एसयूभी इभी–९ बाट प्रभावित भएको देखिन्छ ।

नयाँ पिकान्टोको क्याविनमा ४.२ इन्चको ड्राइभर डिस्प्ले र ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यसमा भेन्टीलेटेड सिट, हिटेड स्टेरिङ ह्वील तथा वायरलेस चार्जर जस्ता फिचर थपिएका छन् ।
किया पिकान्टोमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन रहने छ, उक्त इन्जिनले अधिकतम ८३ पीएस पवार र १२२ न्यूटन मिटर टर्क प्रदान गर्छ । साथै, यसमा १.० लिटर टर्बो चार्ज्ड इन्जिन पनि पाउन सकिन्छ । यसले अधिकतम १०० पीएस् पावर र १७२ न्यूटन मिटरको टर्क जनेरेट गर्नेछ ।

