नयाँ इन्जिन र यूएसडी फिचरमा आयो हिरो एक्स्ट्रीम १६० आर

काठमाडौं । हिरो मोटोकर्पले १६० सीसी सेग्मेन्टमा ल्याएको प्रिमियम मोडल ‘एक्स्ट्रीम १६० आर’ को अपडेटेड भर्सन सार्वजनिक भएको छ । नयाँ कलर अप्सनसहित आएको एक्ट्रीम १६० आरमा विभिन्न फिचरहरू थपेर ल्याइएको हो ।

हिरो मोटाकर्पले सार्वजनिक गरेको टिजर भिडियोमा यसको इन्जिन तथा सस्पेन्सनमा परिमार्जन गरिएको देखिएको छ ।

हिरोले यसका नयाँ प्रदूषण मापदण्ड आनुसारको बीएस ६ फेज टू मापदण्डको इन्जिन दिएको छ । नयाँ इन्जिन फोर भल्भ टेक्नोलोजिमा आधारीत रहेको कम्पनीले जनाएको छ । त्यस्तै, यसको अघिल्लो भर्सनमा रहेको टेलिस्कोपिक सस्पेन्सनलाई यूएसडी फर्कले विस्थापन गरेको हो ।

हिरो एक्स्ट्रीम १६० आरको सिधा प्रतिष्पर्धा बजाज एन १६० र अपाचे आरटीआर १६० फोर भीसँग हुँदै आएको छ । एक्स्ट्रीम १६० आरमा १६३ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १५ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

रेगुलर मोडलको मूल्यमा ८ देखि १० हजार रुपैयाँ बढ्ने अनुमान गरिएको छ ।


Back_to_top