काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाको सर्वाधिक सफल मोडल डिओ स्कुटर १२५ सीसी इन्जिनमा आउन लागेको विषयले चर्चा पाएको छ । कम्पनीले ल्याउन लागेको नयाँ स्कुटरको टिजर बाहिर आएसँगै डिओ १२५ को चर्चा सुरु भएको हो ।
कम्पनीले सार्वजनिक गरेको टीजरमा देखिएको हेडल्याम्प र यसको सराउन्डिङ बडी प्यानल होन्डा डिओसँग मिल्दो जुल्दो देखिन्छ ।
भारतीय बजारमा १२५ सीसी सेग्मेन्टमा टीभीएस र सुजुकीको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले होन्डा डिओको १२५ सीसी भर्सन ल्याउने तयारी गरेको चर्चा भइरहेको छ ।
होन्डा डिओ भारतमा राम्रै रुचाइएको ११० सीसी स्कुटर रहेको छ भने यसको १२५ सीसी भेरियन्ट युवाहरुले मन पराउने अनुमान गर्न सकिन्छ ।
होन्डासँग यसअघि नै दुर्ई मोडलका १२५ सीसी स्कुटर उपलब्ध छन् । जुन ग्राजिया र एक्टीभा हुन् । यी दुबै स्कुटरमा एउटै इन्जिन प्रयोग गरिएको छ । जुन इन्जिनले ८.२ हर्सपावर र १०.४ एनएम टर्क जेनेरेट गर्छ । यो टीभीएस एनटर्कको तुलनामा कम पावर हो ।
होन्डाले ल्याउने नयाँ डिओको पावर एनटर्कको समान हुने अनुमान गरिएको छ । होन्डाले सार्वजनिक गरेको भिडियो टीजरमा साइलेन्ट स्टार्ट र लाउड एक्जष्ट देख्न सकिन्छ ।

