हिरोको विश्व रेकर्ड, एक महिनामा ७ लाख ५० हजार यूनिट बिक्री

भारतीय दुईपांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटो कर्पले एक महिनामा ७ लाख ५० हजारभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ । यो संख्या कम्पनीले अहिलेसम्म मासिक बिक्री गरेको संख्या मध्ये सबैभन्दा धेरै हो । यो बिक्री भारतमा मात्र नभई विश्वमै रेकर्ड कायम गर्ने संख्या भएको कम्पनीले जनाएको छ । 

२०१८ को सेप्टेम्बरमा हिरोले ७ लाख ६९ हजार १ सय ३८ मोटरसाइकल तथा स्कुटर बिक्री भएको थियो । हिरोले सेप्टेम्बरमा दैनकि २५ हजार ६ सय ३७ वटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्न सफल भएको हो । 

हिरोको मोटरसाइकल तथा स्कुटर बिक्री हुनुमा १ सयदेखि २ सय सीसीसम्मका सवारीसाधन धेरै बिक्री हुनेलाई मुख्य कारण मानिएको छ । हिरोको आर्थिक वर्ष २०१८÷१९ मा मासिक रुपमा मोटरसाइकल बिक्री ७ लाख यूनिटभन्दा धेरै भएको यो तेस्रो पटक हो । 

२०१७ को सेप्टेम्बरमा हिरोले ७ लाख २० हजार ७ सय २९ वटा दुईपांग्रे बिक्री गरेको थियो । कम्पनीको गत वर्षको तुलनामा यो वर्ष बिक्री ६.७ प्रतिशतले बढेको छ । 

अप्रिलदेखि सेप्टेम्बरसम्मको ६ महिनामा हिरोले ४२ लाख मोटरसाइकल बिक्री गरेको छ । फेस्टिभ सिजन सुरु भएकाले हिरोले यो महिनामा अर्को रेकर्ड राख्ने गरि योजना बनाइरहेको बताइएको छ । कम्पनीले तत्काल ३ नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरि रहेको जनाएको छ ।


Back_to_top