भैरहवा । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा धावनमार्गको पिच गर्ने काम अाजबाट सुरु भएको छ ।
गतवर्ष भूकम्प र मधेस आन्दोलनका कारण निर्माण ठप्प भएको आधारमा ठेकेदारले अतिरिक्त समय मागेको र यसको मूल्यांकनपछि नागरिक उड्डयन प्राधिकरणले ६ महिनाको समय थप दिएको थियो । नयाँ तालिकाअनुसार ठेकेदारले भैरहवा विमानस्थल २०१८ को जुन १५ सम्म निर्माण गरिसक्नुपर्ने थियो । तर साे थपेकाे समयमा पनि विमानस्थल निर्माण कार्य पूराहुन सकेन ।
अबको ६ महिना भित्र रनवेको पिच सम्पन्न हुने जानकारी पर्यटन तथा नागिरक उड्यन मन्त्रि रबिन्द्र अधिकारीले जनाएका छन् । सन् २०१९ काे अगष्टसम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भर्इ सञ्चालनमा आउने छ ।
भैरहवा विमानस्थल एशियाली विकास बैंकको ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ ।
विमानस्थल निर्माण कार्यको सिलान्यास २०७१ माघ १ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका हुन् । प्रारम्भिक तालिकाअनुसार २०१७ डिसेम्बर ३१ मा आयोजना निर्माण सम्पन्न भइसक्नु पर्ने थियो ।
यो विमानस्थल भगवना बुद्धको जन्मस्थल लुम्विनीबाट सबैभन्दा नजिकको विमानस्थल हो। यसकाे निर्माणकार्य सम्पन्न भएपछि लुम्विनीमा पर्यटककाे संख्यामा बृद्दि हुने अनुमान गरिएकाे छ । साथै काठमाण्डाैमा अवतरण हुन नसकेका अन्तर्राष्ट्रिय उडानका जहाजहरूलार्इ भैरहवामा डार्इभर्ट गर्न सकिनेछ ।

