काठमाडौं । इलेक्ट्रीक गाडीको बिक्री बढेसँगै ईभीमा प्रयोग हुने ‘हाइ भोल्टेज ब्याट्री’को उत्पादन पनि निरन्तर बढ्दै गएको छ । गत फेब्रुअरीमा चिनियाँ बजारमा ईभीको बिक्रीमा एकै पटक ठूलो गिरावट आएकाले हाइ भोल्टेज ब्याट्रीको उत्पादन पनि मार्चमा घटेको थियो ।
चीनमा मार्च महिनामा ३५ गिगावाट आवर ब्याट्री उत्पादन भएको छ । यो संख्या अघिल्लो वर्षको यसै महिनाको भन्दा २५.८ प्रतिशतले बढि हो । तर, फेब्रुअरीको तुलनामा भने ५.४ प्रतिशतले कम हो ।
चीनमा सीएटीएलको बजार हिस्सा १५.५४ गिगावाट आवर अर्थात् ४४.८७ प्रतिशत रहेको छ । सीएटीएलको हिस्सा फेब्रुअरीमा ५५.१६ प्रतिशत थियो ।
दोस्रो स्थानमा बीवाइडी रहेको छ । उसले ९.२८ गिगावाट अवार ब्याट्री उत्पादन गरेको हो । तेस्रोमा सीएएलबीको २.३१ गिगावाट आवर र चौथो स्थानमा रहेको एभ इनर्जीले १.८१ गिगावाट आवर ब्याट्री उत्पादन गरेको हो ।
चाइनामा पछिल्लो समयमा लिथियम टर्नरी ब्याट्रीको समेत प्रयोग बढ्दो क्रममा छ । यसको प्रतिशत कुल हाइभोल्टेज व्याट्रीमा ३२.४ अर्थात ११.३ गिगावाट आवर पुगेको हो । लिथियम टर्नरीको प्रयोग अघिल्लो वर्षको भन्दा २९.७ प्रतिशत र फेब्रुअरीको भन्दा ६२.९ प्रतिशतले बढेको हो ।

लिथियम टर्नरी ब्याट्रीको मुख्य उत्पादक सीएटीएल, सीएएलबी र सोभोल्ट इनर्जी जस्ता कम्पनी रहेका छन् । मार्चको डाटा अनुसार टर्नरी व्याट्रीमा सीएटीएलको ६७.३१ प्रतिशत, सीएएलबीको ७.६६ प्रतिश तथा सोभोल्ट इनर्जीको ७.६० प्रतिशत रहेको छ ।


