ग्रेटवालको मस्कुलर एसयूभी हाभल र्‍याप्टर लन्च

काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम)ले अफरोड एसयूभी हाभल र्‍याप्टर २०२४ लन्च गरेको छ । मस्कुलर डिजाइनमा रहेको हाभल र्‍याप्टर कम्पनीले चार फरक मोडलसहित चीनमा लन्च गरेको हो ।

हाभलको र्याप्टरमा स्ट्याण्डर्ड, स्पोर्टस, स्नो, मड, तथा फोरह्वील ड्राइभ गरी ७ फरक ड्राइभिङ मोड रहेको छ । यो एसयूभीको लम्बाइ ४८०० एमएम, चौडाइ १९५० एमएम, उचाइ १८४३ एमएमको रहेको छ भने यसमा २७३८ एमएमको ह्वीलबेस दिएको छ ।

ग्रेटवाल मोटर्सको एचआइ ४ फोरह्वील ड्राइभ प्लगइन हाइब्रिड सिस्टम रहेको छ । यो एसयूभीमा १.५ लिटरको टर्बो पेट्रोल इन्जिनको साथमा फ्रन्ट र रियर डिउल इलेक्ट्रीक मोटर सेटअप रहेको छ । यसमा रहेको १.५ लिटरको इन्जिनले १६५ हर्सपावर तथा २४३ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

त्यस्तै, यसमा दिएको इलेक्ट्रीक मोटरले क्रमशः ७० र १५० किलोवाट पावर तथा १६० र ३५० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो एसयूभीको टपस्पीड १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो एसयूभीमा १९.०९ किलोवाट अवार तथा २७.५४ किलोवाट आवरको लिथियम फस्फेट ब्याट्री प्याक रहेको छ । यो ब्याट्रीलाई जम्मा २८ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो एसयूभीको कम्बाइन रेन्ज १ हजार किलोमिटर रहेको छ ।


Back_to_top