मारुती सुजुकी बलेनो ३९ महिनामा बिक्यो पाँच लाख यूनिट

सन् २०१५ मा सार्वजनिक भएको मारुती सुजुकीको लोकप्रिय मोडल बलेनोले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । भारतीय बजारमा आएको ३९ महिनामा पाँच लाख युनिट बिक्री भएको बलेनोले नयाँ सेल्स रेकर्ड राख्न सफल भएको हो । यसपूर्व ३८ महिनामा ५ लाख युनिट बिक्री भएको हुन्डाई इलाइट आई–२० ले पनि सेल्स रेकर्ड कायम गरेको थियो । 

बलेनोलाई सुजुकी–आईके–२ अवधारणामा निर्माण गरिएको हो । हटटेक्ट अवधारणामा निर्माण भएको पहिलो प्रिमियम ह्याचब्याक बलेनोको यो सफलताले कम्पनीलाई थप हौसल्ला प्रदान गरेको छ । 

कम्पनीका निर्देशक आरएस काल्सी भन्छन्, ‘ह्याचब्याक सेग्मेन्टअन्तर्गत यस मोडलले निकै राम्रो सफलता प्राप्त गरेको छ । यो मोडल सुजुकीको प्रविधि र अनुभवको उत्कृष्ट उदाहरण बन्न सफल भएको छ ।’

बलेनो सुरक्षा, राइडिङ्ग र पफर्मेन्सको हिसाबमा उत्कृष्ट छ । वास्तवमा यो मोडलले सुजुकीको इन्जिनियरिङ्ग कति उत्कृष्ट छ भन्ने प्रस्ट्याएको छ ।’ विगतका वर्षका तुलनामा यो वर्ष मारुती सुजुकी बलेनोको व्यापार २०.६ प्रतिशत बढेको काल्सीले बताए । 

बलेनो मारुती सुजुकीको निकै चर्चित कार हो । यो कार भारतबाट निर्यात हुने कारमध्येमा अब्बल रहेको छ । मारुती सुजुकीको बलेनो एसिया तथा युरोपमासमेत निर्यात हुने गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने बलेनोमा १.० लिटर टर्बो, थ्री–सिलिन्डर पेट्रोल इन्जिन, १.२ लिटर फोर–सिलिन्डर ड्यूलजेट पेट्रोल इन्जिन र १.२ लिटर ड्यूलजेट पेट्रोल इन्जिन र १.३ लिटर डीडीआईएस डिजेल इन्जिन रहेको छ । 

नेपाली बजारमा पनि बलेनोको बिक्री निकै राम्रो रहेको छ । 


Back_to_top