जीपको नयाँ एसयूभी ग्लाडिएटरको ग्लोबल डेभ्यू, सुरक्षा फिचरनै ८० वटा

जीप कम्पनीले अमेरिकाको लस एन्जेलसमा आयोजित मोटर शोमा आफ्नो सबैभन्दा लामो एसयूभी ग्लाडिएटर प्रदर्शन गरेको छ । कम्पनीले २०१९ बाट बजारमा बिक्री गर्ने एसयूभी बहु–प्रतिक्षित मोडलको रुपमा परिचित छ । 

यसको लम्बाई ५ हजार १८१ मिलिमिटर लामो रहेको छ भने ३ हजार ८ सय ४० मिलिमिटरको ह्वीलबेश दिइएको छ । यही कारण यो मोडल सबैभन्दा लामो एसयूभी बनेको हो । 

कम्पनीले यसलाई स्पोर्ट, स्पोट्र्स एस, ओभरल्यान्ड र रुबिकन गरी चारवटा भेरियन्टमा बजारमा ल्याउने छ । रुबिकोन भर्सनमा ४ इन्च आल्मुनियम डायमिटर फक्स, फूललेन्थ साइड–बार लगाइएको छ । यसमा, ४३.६ डिग्री अप्रोच याङ्गल ग्राउन्ड क्लियरेन्स दिइएको छ । 

यो मोडले ३० इन्चसम्म पानी भएको स्थानमा गाडी सजिलै गुड्न सक्ने कम्पनीले जनाएको छ । यसमा ८० वटाभन्दा बढी सेफ्टी–फिचर्स दिइएको छ । फेसिङ्ग भिडियो क्यामरा, फोर–ह्वील ड्राइभ सिस्टम, इलेक्ट्रोनिकली कन्ट्रोल्स मोडलगायतका सुरक्षा फिचर रहेका छन् । 

साथै, यसमा रि–मूभेवल रुफ र फोल्डिङ्ग विन्डशिल्डसमेत दिइएको छ । यसमा लगाइएको स्ट्यान्डर्ड टचस्क्रिन इन्फोटेनेन्ट सिस्टमले एप्पल कार–प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीलाई सपोर्ट गर्छ । 

यसमा रि–मूभेवल वायरलेस स्पीकर, पुश–बटन स्टार्ट, अटोमेटिक इमरजेन्सी ब्रेकिङ्ग एन्ड एडाप्टिभ क्रूज कन्ट्रोल उपलब्ध छ । ग्लाडिएटरमा उपलब्ध ३.६ लिटर पेन्टास्टार भी–६ इन्जिनले २८५ हर्ष पावरकासाथै ३५२ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स लगाइएको छ । अटोमेटिकमा भने ८–स्पीड ट्रान्समिसन दिइएको छ । 


Back_to_top