काठमाडौं । टाटा मोटर्सको नयाँ अल न्यू टिगोर नेपाली बजारमा प्रबेश गरेको छ । टाटा मोटर्सको लागि नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गले भोलिबाट आधिकारीकरुपमा टिगोरको बिक्री वितरण गर्न लागेको हो । मेरोअटो टिमले हालै मात्र नयाँ टिगोरको ललितपूरका बिभिन्न स्थानमा टेष्ट ड्राईभ गरेको थियो । टिगोर कम्प्याक सेडान मोडल हो ।
कम्पनीले स्टाइल ब्याक भनेर प्रमोट गर्दै आएको यो कारको पछाडिको भाग अलि फरक किसिमले डिजाइन गरिएको छ । पुरानो टिगोरको तुलनामा नयाँ टिगोरमा धेरै फिचरहरु थप गरिएको छ । नयाँ टिगोर एक्सजेड प्लस भेरियन्ट थप भएर आएको छ ।
नयाँ कारमा अगाडिको ग्रिलको सेपमा परिवर्तन गरि डायमण्ड सेप नयाँ ग्रिल दिइएको छ । यसको हेलल्याम्प पनि परिवर्तन गरेर क्रोमसहितको प्रोजेक्टर हेडल्याम्प दिइएको छ । दुबै तर्फकाे डबल व्यारल हेडल्याम्पलाई एउटा क्रोम लाइनले जोडेको छ, यसले अगाडिको लुक्सलाई निकै आर्कषक देखाएको छ ।
४१९ लिटरको बुटस्पेस रहेको कारमा बुटस्पेस खोल्न तीन तरिका अपनाउन सकिन्छ ।
अगाडिको बम्परको तल पनि स्टाइलिस ग्रिल लगाईएको छ, यसमा बीचबाट नयाँ क्रोमले सेपरेसन गरेर स्माईली साईन देखाएको छ । यसको बम्परको तल रहेको फगल्याम्पको वरिपरि ब्ल्याक मेटिरीयल लगाएर क्रोम फिनीसीङ दिइएको छ, यसले कारको लुक्स निकै राम्रो देखाएको छ ।
यो कारको अर्को राम्रो पक्ष भनेको कार लकगर्दा ओआरभीएम आफै फोल्ड हुन्छ भने, कार अनलकमा खुल्छ । पछाडि रहेको टेल ल्याम्प कभरमा क्रिस्टलाईन मेटेरियल दिइएको छ, जसले यसको कलर पहेलो वा रातो नभई सेतो हुन्छ । यसमा एलईडी बल्वको प्रयोग भएको छ, जसले इन्डिकेटर बाल्दा वा ब्रेक लगाउँदा मात्र कलरफूल देखिन्छ ।
यसमा नेक्सनको जस्तो स्टेरिङ्ग घुमाउदा एङ्गल चेन्जहुने डाइनामिक क्यामरा भने दिइएको छैन । क्लाइमेट कन्ट्रोल सिस्टम इन्फोटेन्मेन्ट स्कृनभन्दा तल दिइएको छ, जसको इन्फर्मेसन माथिको डिस्प्लेमा देख्न सकिन्छ ।
४१९ लिटरको बुटस्पेस रहेको कारमा बुटस्पेस खोल्न तीन तरिका अपनाउन सकिन्छ । पहिलो ड्राईभर सिटमुनी रहेको नवबाट, दास्रो बुटमा साँचो छिराएर र तेस्रो नयाँ तरिका ‘रिमोट कन्ट्रोल की’मा रहेको लाईट इन्डिकेटरलाई लङ्ग प्रेस गरेमा पनि आफै बुट खुल्छ ।
यसको इन्टेरियरमा प्रयोग भएको सिट कभर आर्टिफिशियल लेदर र फ्याब्रिक मिक्स गरेर बनाइएको छ । फ्रन्ट सिटमा हेडरेष्ट एडजस्टेबल दिइएकको छ । कारको सेन्टर कन्सोलमा पहिलाको भन्दा ठूलो ७ इन्चको हर्मनको इन्फोटेन्मेन्ट सिस्टन लगाइएको छ, जुन टाटाकै नेक्सनबाट लिइएको हो ।
यसमा एन्ड्रोइड अटो सपोर्ट गर्छ भने रिभर्स पाकिङ्ग क्यामराको दृष्य पनि पहिलाको भन्दा निकै उत्कृष्ट रहेको छ । तर, यसमा नेक्सनको जस्तो स्टेरिङ्ग घुमाउदा एङ्गल चेन्जहुने डाइनामिक क्यामरा भने दिइएको छैन । क्लाइमेट कन्ट्रोल सिस्टम इन्फोटेन्मेन्ट स्कृनभन्दा तल दिइएको छ, जसको इन्फर्मेसन माथिको डिस्प्लेमा देख्न सकिन्छ ।
इन्फोटेन्मेन्ट स्कृनको वरिपरि सिल्भर मेटिरियलको प्रयोग गरिएको छ । कारको ड्यासबोडका अधिकांस हिस्सामा क्रोम लाईलिङ्ग दिइएको छ । ड्यास बोर्डमा कालो कलरको स्तरिय प्लास्टिक मेटिरीयलमा म्याट फिनीसीङ्ग दिइएको छ । सुरक्षालाई मध्यनजर गर्दै कारको अगाडिको दुवै साइडमा एयरव्यागको प्रयोग गरिएको छ ।
यसमा रहेको इन्टुमेन्ट क्लस्टर डिजीटल र एनलगको मिक्स रहेको छ । चालकलाई चाहिने इन्फर्मेसनमा आरपीएम र स्पीडोमिटर एनलग छ भने अन्य जानकारी डिजिटल रहेको छ । यसको स्टेरिङ्ग ह्वीलको हाईट चालकको आवस्यकता अनुसार एडजस्ट गर्न सकिन्छ ।
पछाडिको सिटपनि निकै स्पेसीयस र आरामदायी रहेको छ । पछाडि सिटको बीचमा रहेको आर्मरेष्टमा दुईवटा कप राख्ने मिल्ने स्थान रहेको छ ।
यसको डोरमा दुईवटा हाफ लिटरको पानीको बोतल अटाउने स्पेस रहेको छ । एक लिटरको बोटल अटाउने स्पेस भएको भए अझ राम्रो हुने थियो किनकी हाफ लिटरको बोटल नेपालमा सजिलै पाइदैन ।
डोर ह्यान्डलमा क्रोम, १२ भोल्टको सकेट, सेन्ट्रल कन्सोलको मुनी यूएसवी पोर्ट र मोवाईल राख्ने स्पेस रहेको छ । पछाडिको सिटपनि निकै स्पेसीयस र आरामदायी रहेको छ । पछाडि सिटको बीचमा रहेको आर्मरेष्टमा दुईवटा कप राख्ने मिल्ने स्थान रहेको छ ।
मूल्य र भेरियन्ट
चार भेरियन्टमा उपलब्ध यो कारको नेपाली बजारमा एक्सईओ भेरिएन्टको मूल्य २७ लाख ५५ हजार रुपैयाँ रहेको छ भने एक्सएमओ भेरिएन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
एक्स जेड भेरियन्टको मूल्य ३१ लाख ९५ हजार रुपैयाँ रहेको छ भने एक्सजेड प्लसको मूल्य ३३ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
कार चलाउँदाको अनुभव
यसमा दिइएको ड्राइभर सिटलाई पम्प गरेर एडजस्ट गर्न मिल्ने भएकाले चालकको लागि यो गाडी निकै आरामदायी रहेको छ । यसको इन्जिनको आवाज क्याविनमा खासै सुनिदैन । कारमा दिइएको १५ इन्चको एलोय ह्वीलले कच्ची बाटोमा गाडी हल्लीएको खासै महसुस भएन ।
गाडीको पिकअप निकै उत्कृष्ट रहेको छ, टेष्ट ड्राइभको समयमा भैसेपाटी जाने नख्खुपारिको उकालोमा पनि आरामले तेस्रो गियरमै चलाउन सकिएको थियो । यसमा सीटी र ईको दुईवटा डाइभिङ्ग मोड रहेको छ । जसले आफ्नो आवस्यकता अनुसार गाडी चलाउन सकिन्छ ।
डेली सिटी ड्राइभका लागि यो कार एकदमै उपयूक्त रहेको छ । यसमा रहेको रिभर्स क्यामरा तथा पार्किङ्ग सेन्सरले यो कारलाई व्याकगर्दा र सानो ठाँउमा पार्कगर्दा पनि एकदमै सजिलो बनाएको छ ।
अन्त्यमा भन्नु पर्दा यो कार इन्ट्री लेवलको कम्प्याक सेडान कार हो तर, प्रिमियम सेडानमा उपलब्ध हुने धेरै फिचरहरुले अल न्यू टिगोरलाई निकै उत्कृष्ट बनाएको छ ।


