भारतीय बजारमा हालै केटीएमले आफ्नो नयाँ मोटरसाइकल १२५ ड्यूक सार्वजनिक गर्यो । यो मोटरसाइकल झट्ट हेर्दा केटीएमकै २०० ड्यूक जस्तै देखिन्छ ।
नेपाली बजारमा पनि अबको केही महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरिएको केटीएम ड्यूकले बजाज पल्सरको ब्यापारमा टक्कर दिने अनुमान गरिएको छ ।
मूल्य र पावरमा केही कम्प्रमाइज बाहेक अन्य विषयमा केटीएम १२५ ड्यूकले बजाजको पल्सर १५० लाई राम्रै टक्कर दिने देखिन्छ ।
नेपाली बजारमा हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज र केटीएमका उत्पादन बिक्री गर्दै आएको छ ।
यहाँ बजाज पल्सर १५० ट्वीन डिस्क र १२५ ड्यूकको विशेषता बारे जर्चा गरिएको छ । उल्लेखित विशेषताका आधारमा कुन उपयुक्त भन्ने उपभोक्ताले आँकलन गर्न सक्नेछन् ।
पावर
पल्सर १५० ट्वीन डिस्कमा १ सय ४९ सीसीको सिंगल सिलिन्डर, ट्वीन स्पार्क इन्जिन रहेको छ । यसले ८ हजार आरपीएममा १४ एचपी पावर र ६ हजार आरपीएममा १३.४ एनएम टर्क दिन्छ ।
केटीएम १२५ ड्यूकमा पल्सरको भन्दा कम क्षमताको इन्जिन छ । तर, १२५ ड्यूकमा १ सय २४.७ सीसीको इक्विड–कुल्ड सिङ्गल सिलिन्डर इन्जिन रहेको छ । जसले १४.५ एचपी पावर र १२ एनएम टर्क दिन्छ ।
ट्रान्समिसन
पल्सर १५० मा ५ स्पीड गियरबक्स छ भने १२५ ड्यूकमा ६ स्पीड गियरबक्स रहेको छ । यो अवस्थामा पल्सर भन्दा १२५ ड्युकलाई नै उपयुक्त भन्न सकिन्छ ।
ब्रेकिङ
पल्सर १५० ट्वीन डिस्क भनेपछि यो मोटरसाइकलमा दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ भन्ने बुझ्न गाह्रो छैन । पल्सर १५० मा २६० एमएम फ्रन्ट र २३० एमएम रेयर डिस्क रहेको छ ।
१२५ ड्यूकमा सिंगल च्यानल एबीएससहित ३०० एमएमको फ्रन्ट डिस्क छ भने २३० एमएमको रियर डिस्क जडान भएको छ ।
फ्युल ट्यांक
बजाजले पल्सर १५० ट्वीन डिस्कमा १५ लिटरको ट्यांकी जडान गरेको छ भने केटीएमले १२५ ड्यूकमा १०.२ लिटरको ट्यांकी दिएको छ ।
मूल्य
मूल्यमा पल्सर १५० भन्दा केटीएम ड्यूक महंगो हुनेछ । भारतीय बजारमा यी दुईको मूल्यमा ३८ हजार भारतीय रुपैयाँको फरक रहेको छ । यसलाई हेर्दा नेपाली बजारमा यसको मूल्यमा १ लाख २० हजार रुपैयाँसम्मको फरक पर्न सक्ने अनुमान लगाउन सकिन्छ ।

