पश्चिमा देश बीवाइडीसँग डरायो: अध्यक्ष वाङ

काठमाडौं । बीवाइडीका अध्यक्ष तथा सीईओ वाङ चुवानफुले पश्चिमा देशहरु बीवाइडीसँग डराएको बताएका छन् । युरोप तथा अमेरिकाका धेरै निर्माताहरु चिनियाँ सस्ता इलेक्ट्रीक गाडीसँग तर्सिएको उनको भनाइ छ ।

अध्यक्ष/सीइओ चुवानफुले एक औद्योगिक कार्यक्रममा भने यदि तपाई आफैँ बलियो हुनुहुन्न भने उनिहरु डराउने थिएनन् । अमेरिकाले चिनियाँ ईभीको भंसार बढाउनु तथा युरोपले पनि त्यसलाई पछ्याउन खोज्नु बीवाइडी बलियो भएको प्रमाण हो ।

केही दिनअघि मात्रै अमेरिकाले चीनमा बनेका ब्याट्री, कृटिकल मिनरल तथा ईभीमा २५ प्रतिशतसम्म भन्सार वृद्धि गरेको थियो । युरोपियन युनियनले पनि चिनियाँ ईभीमा सरकारको धेरै अनुदान लामो अनुसन्धान गरेको थियो । युरोपियन देशमा आएको चिनियाँ ईभीको बाढीलाई रोक्न इयुले छिटै कडा निर्णय लिने देखिन्छ ।

बीवाडीले भने चीनमा उतपादन गरेका विद्युतीय कारहरु विश्व बजारमा फैलाइरहेको छ । चीनमा बीवाइडीका सिगल ईभी ९ हजार ७ सय डलरबाटै उपलब्ध छन् । उक्त कार ब्राजिलमा पुग्दा भने २० हजार डलर पुगेको छ । बीवाइडीले विश्व बजारमा सप्लाई गर्नका लागि एकपटकमा ७ हजार यूनिट कार बोक्न सक्ने विसाल जहाज एक्सप्लोर नम्बर १ संचालनमा ल्याएको छ ।

हालै मात्र एक्सप्लोरर्ले जर्मनको बन्दरगाहमा एक पटक ३ हजार बीवाइडीका विद्युतीय गाडी निर्यात गरेको थियो । गत वर्ष युरोपमा बिकेका कुल ईभीमा चिनियाँ बीवाइडी र एमजीको हिस्सा ९ प्रतिशत रहेका थियो । यो हिस्सा चालु बर्षदेखि निकै बढ्ने देखिन्छ ।

बीवाइडीले गत वर्षनै चीनमा सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड फक्सवागनको भन्दा धेरै कार बेचेर नम्बर वान कार ब्राण्ड बन्न सफल भएको थियो ।


Back_to_top