संसारका विभिन्न अटोमोबाइल्स कम्पनीले आफ्ना पुराना मोडललाई नयाँ अवतारमा निर्माण गर्दैआएका छन् । यसैबीच, इटालीको टु–ह्वीलर कम्पनी ल्याम्ब्रेटाले पुराना स्कुटरको परिमार्जित संस्करणको बिक्री–वितरण भारतीय बजारमा सुरु गर्ने भएको हो । ४९ सीसी क्षमताको एयरकुल्ड इन्जिनसहितको भी–५० स्कुटरसहित भारतमा ल्याम्ब्रेटा प्रबेश गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले गतवर्ष इटालीको मिलानमा आयोजित इआईसीएमए अटो शोमा भारतीय बजारमा फर्कने इच्छा व्यक्त गरेको थियो । ७० र ९० दशकमा कम्पनीद्वारा उत्पादित मोडल भारतमा निकै रुचाइने गरिन्थ्यो । सन् १९८० मा बजाज र भेस्पा कम्पनीले भारतीय बजारमा प्रवेश गरेसँगै ल्याम्ब्रेटाको व्यापार खस्किएको थियो ।
सन् १९७२ आर्थिक संकटको कारण इनोसेन्टीले ल्याम्ब्रोटाको उत्पादन बन्द गरेको थियो । तर, उक्त ब्रान्डलाई ब्रिटीश कम्पनी लिल्यान्ड मोट्र्सले खरिद गरी भारतमा बेच्न सुरु गरेको थियो । हाल, ल्याम्बे्रेटाले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले नयाँ मोडल वी–५० स्पेश, वी–स्पेशल र वी–२०० स्पेशल मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । २०१९ भित्र उक्त मोडल भारतीय बजारमा उतार्ने कम्पनीले योजना बनाएको छ ।
भी–५० मा ४९ सीसी एयरकुल्ड इन्जिन लगाउने कम्पनीको तयारी छ । यसले, ३.४ बीएचपी पावरकासाथै ३.४ एनएम–टर्क उत्पादन गर्छ । ल्याम्ब्रेटाले इलेक्ट्रीक संस्करणमार्फत् पुनः भारतमा स्थापित हुने उद्देश्य लिँदै यस्तो योजना बनाएको हो ।


