मारुती सुजुकी कम्पनीको चर्चित मोडल डिजायर सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा परेको छ । भारतीय बजारमा डिजायरले अल्टोलाई पछि पार्दै यो वर्षकै बेस्ट–सेलिङ्ग कारको सूचीमा परेको छ ।
मारुती कम्पनीले यो वर्ष १ लाख ८२ हजार १ सय ३९ युनिट डिजायर कार बिक्री गरेको छ । गतवर्ष कम्पनीले १ लाख ५३ हजार ३ सय ३ युनिट बिक्री गरेको थियो । यो वर्ष अल्टो मोडल १ लाख ६९ हजार ३ सय ४३ युनिट बिक्री भएको छ ।
गतवर्ष कम्पनीले १ लाख ७५ हजार ९ सय ९६ अल्टो कार बेचेको थियो । गतवर्ष सर्वाधिक बिक्रीको अल्टो मोडललाई डिजायरले पछि पार्दै बेस्ट–सेलिङ्ग कारको सूचीमा परेको हो । यसले भारतको प्यासेन्जर भेहिकल बजारमा मारुती सुजुकीको दबदबा कायमै रहेको प्रस्ट पारेको छ ।


