काठमाडौं । सबै किसिमको सवारीसाधनमा जीपीएस ट्रायाकिङ लागुगर्ने तयारीमा यातायात ब्यवस्था विभाग लागेको छ । विभागले जीपीएस ट्रायाकिङ सिस्टमको प्रयोगबाट सवारीसाधन ब्यवस्थापन गर्न सजिलो हुने भन्दै उक्त ब्यवस्था लागु गर्ने प्रस्ताव मन्त्रलायमा पठाएको हो ।
सबै सवारीमा जीपीएस सिस्टम लगाएर एउटा कन्ट्रोल रुम बनाउने र देशभरको सवारी व्यवस्थापनको अवस्था एउटै कक्षबाट निरीक्षण गरेर नियन्त्रण गर्ने योजना विभागले अगाडि सारेको विभागका प्रबक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।
पछिल्लो समय एकपछि अर्को असफल र अलोकप्रिय काम गर्दै आएको विभागको यो प्रस्तावले कतिले दुःख पाउने हुन् त्यो भने हेर्न बाँकी नै रहेको छ ।
विभाग अहिले स्मार्टलाईसेन्स वितरण गर्ने निर्णय गरेर नागरिकलाई लाईसेन्स बिहिन बनाई रहेको छ ।
संसारका धेरै देशमा सवारीसाधनमा जीपीएस सिस्टम जडान गरिएको छ । उक्त प्रणाली जडानपछि कुन सवारीसाधन कति बजे कहाँ पुगेको छ वा कुन ठाँउमा गड्दै छ भन्ने जानकारी लिन सकिन्छ । यसले उपत्यकाको ट्राफिक जामको समस्या समाधान गर्नसमेत सहजहुने विस्वास विभागको छ ।
साथै, कुनै सवारीसाधन दुर्घटनामा परेको जानकारी लिन पनि सजिलो हुनेछ ।
अब यसलाई कहिलेबाट र कसरी लागुगर्ने भन्ने विषय मन्त्रालयको हातमा रहेको छ । मन्त्रालयले स्विकृत दिएपछि यस सम्बन्धी थप काम विभागले गर्नेछ ।


