महिन्द्रा एक्सयूभी ई ८ ईभीमा तीन वटा स्क्रीन

काठमाडौं । महिन्द्राले एक्सयूभी ७०० को बेसमा तयार गरिरहेको ईभी एक्सयूभी ई ८ को ड्यासबोर्डमा तीन वटा स्क्रीन देखिएको छ । परीक्षणको क्रममा बाहिर आएको स्पाई इमेजमा यो ईभीको ३ वटा स्क्रीन देखिएको हो ।

भारतीय सडकमा परीक्षणका क्रममा खिचिएको स्पाई तस्वीर अनुसार एक्सयूभी ई ८ को इन्टेरियरमा ठूलो साइजको तीन वटा स्क्रीन देखिएको छ । यसमा दिएको तीनवटै स्क्रीनको साइज १०.२५ इन्चको रहेको छ ।

जसमा बीचमा इन्फोटेन्मेन्ट टचस्क्रीन, डाइभर साइडमा इन्टुमेन्ट क्लस्टर स्क्रीन र प्यासेन्जर साइडमा थप अर्को टचस्क्रीन रहेको छ । यसको इन्फोटन्मेन्ट स्क्रीनले वायरलेस एन्डरोइड अटो तथा एप्पल कारप्ले सपोर्ट गर्नेछ ।

महिन्द्राले नयाँ विकास गरेको बर्न ईभी (बीई) प्ल्याटफर्म इनग्लोमा र एक्सयूभीईमा आधारीत ५ वटा मोडलका ईभीहरू विकास गरिरहेको छ । यो सिरिजको पहिलो ईभी एक्सयूभी ई ८ भने लगभग उत्पादन गर्न सकिने अवस्थामा देखिएको हो ।

स्पाई इमेज अनुसार यो ईभीमा नयाँ आकर्षक डिजाइनको अलोय ह्वील, फ्लस डोर ह्याण्डल,साइडमा दिएको चाजिर्ङ पोर्ट आदि बाहिरी आवरणमा देखिएको छ ।

महिन्द्राको एक्सयूभी ई८ मा ८० किलोवाट अवारको ब्याट्रीप्याक रहेको छ । जसले एक पटकको फुलचार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिने अनुमान गरिएको छ ।


Back_to_top