यामाहाले सार्वजनिक गर्यो दुई नयाँ बाइक, यस्ता छन् विशेषता

काठमाडौं । यामाहा मोटर इन्डियाले भारतीय बजारमा एफजेड सिरजिको दुई वटा मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले एबीएस विशेषतासहित ‘एफजेडएस भी–३ र एफजेड–एफआईएस भी–३ मोटरसाइकल सार्वजनिक गरेको हो । 

एफजेड एफआई मोडल मेट्रिक ब्याक र रेसिङ्ग ब्ल्यू कलरमा  आएको छ भने, एफजेडएस भी–३ म्याटल ब्याक, डार्क म्याटल ब्लाक र ग्रे तथा केथान ब्लु रंगमा उपलब्ध छ । 

भारतीय बजारमा एफजेड भी–३ मोटरसाइकलको मूल्य ९५ हजार भारु तोकिएको छ भने, एफजेड एफआइ भी–३ को मूल्य ९७ हजार भारु तोकिएको छ । बजारमा एफजेड सिरिजको मोडल निक्कै लोकप्रिय रहेको छ । 

एफजेड एफआई भी–३मा आकर्षक एलइडी हेडलाइटको साथै, परिमार्जित अल डिजिटल इन्स्टु«मेन्ट कन्सोल लगाइएको छ । कम्पनीले उक्त विशेषता आर–१५ भी–३.० बाट लिएको हो । 

यसमा नयाँ स्टाइलको १२  लिटर फ्युल ट्यांकी लगाइएको छ । यसमा  एबीएस फिचर एलइडी हेडलाइट्स सिंगल पिस एलसीडी इन्स्टुमेन्ट कन्सोल, फ्युल इन्जेक्टेड इन्जिन, ४१ एमएमको टेलिस्कोपिक फर्क लगाइएको छ । 

यसमा उपलब्ध १४९ सीसी इन्जिनले १३.२ पीएस पावरका साथै १२.८ एनएम टर्क उत्पादन गर्छ । यसमा १० स्पोक १७ इन्च अलोए ह्वील लगाइएको छ । यसको साथै मोटरसाइकलको इन्जिनमा पाँच स्पीड ट्रान्समिसन दिइएको छ । 

यो मोटरसाइकलले बजार पल्सर एन एस १६०, टीभीएस अपाची आरटीआर १६० फोर भी, सुजुकी जिक्सर र होन्डा सिबी हर्नेट–१६० सँग प्रतिस्पर्धा गर्ने छ । 

एफजेड भी–३ मा एफजेडको फ्रन्ट लुकमा परिर्वतन गरिएको गरिएको छ । हेडल्याम्पलाई भी–२ को भन्दा अग्रेसिभ बनाइएको छ, रेगुलर हेडल्याम्पमा नै रहेको डेलाइटलाई बिस्थापित गरेर एलइडी डेलाइट छुट्टै दिइएको छ । कम्पनीले फ्यूल ट्याङको डिजाइनमा पनि परिर्वतन गरेको छ, जुन पहिलाको भन्दा ठुलो आकार र सार्प लुक्समा पाउन सकिन्छ । यसका साथै, बाइमा कम्पनीले थुप्रै कस्मेटीक परिर्वतन गरिएको छ ।

बाइकमा सिगंल सीट दिइएको छ । यसले पछिल्लो मोडलमा भएको २ सिटरमा भन्दा यसमा सिटिङ पोजिशनलाई अझ सहज बनाएको छ । 

टेल सेक्सनमा पनि कम्पनीले परिवर्तन गरेको छ । यसका साथै कम्पनीले टायरमा पनि परिर्वतन गरेर १० स्पोक अलोय ह्वील दिएको छ । बाइकको एक्जस्टमा पनि कम्पनीले परिर्वतन गरेको छ जुन एफजेड २५ को जस्तै बनाइएको छ । 

यी दुबै बाइक अबको केही समयपछि नेपाली बजारमा बिक्री वितरण हुने अनुमान गरिएको छ । यामाहाको नेपालको लागि आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नेपाली बजारमा ल्याउने छ ।


Back_to_top