काठमाडौं । म्यानुअल गियरबक्स भएका कारमा दिइने गियरबक्स र क्लचबीच भूमिका निकै महत्वपूर्ण मानिन्छ । कारको महत्वपूर्ण पार्ट भएको कारण पनि क्लचको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । तर, धेरैजसो चालकले जानेर वा नजानेर क्लचमा समस्या निम्त्याइरहेका हुन्छन् ।
चालकले केही सावधानी नअपनाउँदा यसबाट आर्थिक नोक्सानी पनि हुने गरेको छ । त्यसैले सहि तरिकाले क्लचको प्रयोग कसरी गर्ने भन्ने विषयमा बुझ्न जरुरी हुन्छ ।
बिस्तारै अटोमेटीक कारको प्रयोगमा तिब्रता आउँदैछ । तर, म्यानुअल कार भएका चालकले निम्न कुरामा ध्यान दिएको खण्डमा क्लच र पैसा दुबै बचाउन सकिन्छ ।
क्लचलाई चाँडै रिलिज गर्नु
कतिपय चालकले कार चलाउने समयमा क्लचमा निक्कै दबाब दिने गर्छन् । जसको कारण कारको इन्जिन र गियरबक्समा निक्कै दवाव पर्छ भने, क्लच पूर्णरुपमा बिग्रन सक्छ । त्यसैले क्लचलाई सकेसम्म चाँडो रिलिज गर्ने गर्नु पर्छ ।
ट्राफिक सिग्नलमा क्लच प्याडलको प्रयोग
प्रायः चालकले ट्राफिक जाममा बस्दा क्लच थिचिरहेका हुन्छन् । यदि, तपाई जाममा पर्नु भएको छ भने तुरुन्तै कारलाई न्यूटलमा ल्याउनु पर्छ । स्टार्टमै राखेर क्लच थिचेर बस्ने बानी छ भने तुरुन्तै छाड्नु राम्रो हुन्छ ।
क्लचमा खुट्टा राख्नु
प्रायः कारमा क्लचबाट रिलिज गरेर खुट्टा राख्ने स्थान दिइएको हुँदैन । त्यसैले, चालकहरुले कारको क्लचमा आफ्नो खुट्टा राखिरहने गर्छन् । तर, यस्तो बानीले भने क्लचलाई असर पुर्याउने गर्छ ।
पीकअप धेरै निकाल्न क्लचलाई स्लिप गर्नु
उकालोमा राम्रो पीकअप पाउनको लागि ड्राइभरले क्लचको प्याडल राम्रोसँग नछोडिकन एक्सलरेशन लिने गर्छन् । यसको कारण पनि क्लचको प्लेट फाट्ने गर्छ । कतिपय अवस्थामा क्लच रिप्लेस नै गर्नुपर्ने हुनसक्छ । मूल्यको हिसावले पनि क्लच महंगो हुनेगर्छ ।


