काठमाडाै । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया” सम्पन्न गरेको छ । बजाजले माघ २५ गते उक्त ¥याली आयोजना गरेको थियो ।
पल्सर राईड मेनियामा बुटवलका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए ।उक्त राईड मेनिया बुटवलबाट शुरु भएर रानीमहलमा पुगेर समापन भएको थियो ।
पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल बुटवलकालागि आधिकारिक बितरक भैरब अटोमोबाइलस् प्रा.ली. ले बुटवलबाट शुरुभएर नँया–नँया गन्तब्यमा राईडर्सलाई लैजाने बताएका छन् ।


