एक्सपेङको बिक्री ८ लाख युनिट पुरा, नेपालमा एउटा मात्रै मोडल

काठमाडौं । गत शुक्रबार एक्सपेङले ८ लाख युनिट गाडी बिक्री पुरा भएको घोषणा ग¥यो । चर्चित चिनियाँ स्टार्टअप कम्पनीले ६ वर्षमा ८ लाख युनिट बिक्री पुरा गरेको हो ।

न्यू इनर्जी भेहिकल उत्पादन गर्ने एक्सपेङले पहिलो पटक सन् २०१८, नोभेम्बरबाट उत्पादन थालेको हो । सन् २०२३ को अन्तिमसम्ममा केबल ४ लाख युनिट कार बेचेको कम्पनीले पछिल्लो ढेड वर्षमा ४ लाख युनिट ईभी बिक्री गरेको हो ।

चालु वर्षको जुन महिनामा कम्पनीले ३४ हजार ६११ युनिट कार बिक्री गरेको थियो । उक्त संख्या अघिल्लो वर्षको सोही महिनाको भन्दा २२४ प्रतिशतले बढी हो । सन् २०२५ को पहिलो ६ महिनामा एक्सपेङले १ लाख ९० हजार ६८ युनिट कार बिक्री गरिसकेको छ ।

एक्सपेङले सन् २०२५ भित्र ३ लाख ८० हजार युनिट कार बिक्री गर्ने लक्ष्य राखेको थियो । उक्त लक्ष्य सजिलै भेट्टाउने ६ महिनाको बिक्री तथ्यांकले प्रमाणित गर्छ । एक्सपेङले सन् २०२५ को अन्त्यसम्म ६० देशमा आफ्नो ३०० वटा सेल्स एण्ड सर्भिस आउटलेट खोल्ने योजना बनाएको छ ।

कम्पनीसँग विश्व बजारमा जी-सेभेन, मोना एम-०३, एक्स-नाइन, जी-सिक्स, जी-नाइन, पी-सेभेन प्लस, र पी-सेभेन आई गरी विभिन्न ७ मोेडलका न्यू इनर्जी भेहिकल छन् ।

चनिमा एक्सपेङले आगामी बर्ष कम्तीमा ५ इआरईभी मोडल लन्च गर्ने योजना बनाएको छ । सिजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको एक्सपेङले केबल एउटा मात्रै भेरियन्ट उपलब्ध गराएको छ ।

अघिल्लो वर्ष नेपाल आएको एक्सपेङ जी-सिक्स प्रिमियम सेग्मेन्टमा राम्रै बिक्री हुँदै आएको मोडल पनि हो । यसको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।


Back_to_top