१४ करोड लागतमा बन्दै गरेको चार्जिङ स्टेशन बैशाखमा सम्पन्न हुने

काठमाडौं । लुम्बिनीमा बन्दै गरेको चार्जिङ स्टेशन वैशाख भित्र सम्पन्न हुने भएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईकाअनुसार चर्जिङ स्टेशन निर्माणको काम ८० प्रतिशत पुरा भएको हो । 

‘चार्जिङ स्टेसनका लागि आवश्यक सामान, मेसिन तथा उपकरण ल्याइसकिएको छ, बैशाख भित्र सम्पन्न हुन्छ,’ भट्टराइले मेरोअटोसँग भने । 

उनले चार्जिङ स्टेसन निर्माणको काम तिब्र गतिमा भइरहेको बताए । चार्जिङ स्टेसन सञ्चालनमा आएपछि इलेक्ट्रीक गाडी ४५ मिनेटमा फुलचार्ज हुनेछ ।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा लुम्बिनी क्षेत्र विकास कोष सङ्गग्रालय नजिक बनिरहेको उक्त चार्जिङ स्टेसन १४ करोड रुपैयाँ लगानीमा बन्न लागेको हो । 

‘चार्जिङ स्टेसन निर्माणको काम सकिए पछि त्यहाँ सोलार प्यानल जडान गरिने छ,’ भट्टराइले भने । 

सोलार प्यानलबाट एक हजार एक सय किलोवाट बिद्युत् उत्पादन गरी चार्जिङ स्टेसनका लागि आवश्यक विद्युत् आपूर्ति गरिनेछ । 

उनका अनुसार चार्जिङ स्टेसनका लागि २ मेगावाट विद्युत् आवश्यक पर्नेछ । 


Back_to_top