नेपालका लागि हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आज फाल्गुन ३० गते विहिबारदेखि हुन्डाई एक्स्चेन्ज क्रार्यक्रम देशभर संचालनमा ल्याएको छ ।
आजबाट सुरु भएको एक्स्चेन्ज क्याम्प चैत ५ गतेसम्म संचालन हुनेछ । उक्त कार्यक्रममा सहभागी हुने ग्राहकले स्पोट एक्स्चेन्ज र सहि भ्यालुलेसन प्राप्त गर्नेछन् । साथै, इजी फाइनान्स र इन्स्योरेन्स, आर्कषक नगद छुट, १५ हजार लोयलटी र एक्स्चेन्ज बोनस, एक लाख ५० हजारसम्मको छुट, चार वर्षसम्म फ्रि सर्भिसिङ र तिन वर्षसम्मको वारेन्टि प्रदान गर्ने जनाएको छ ।
यस बाहेक एक्स्चेन्ज अवधिभर हुन्डाई अल न्यू सेन्ट्रोसँग कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष अफरका साथै नयाँ सेन्ट्रोको टेष्ट ड्राइभमा पनि आर्कषक उपहारको व्यवस्था गरेको जनाएको छ ।
कम्पनीका महाप्रवन्धक रुपेश शर्मा भट्टकाअनुसार ग्राहकलाई सधै उत्कृष्ट सुविधा प्रदान कम्पनी लागि परेको र यो अफर नेपालभर संचालनमा रहेको छ ।


