होन्डाले आगामी तीन वर्ष भित्र भारतीय बजारमा होन्डा सिटीको हाइब्रिड भर्सन सार्बजनिक गर्ने भएको छ । कम्पनीले २०२० बाट लागु् हुने नयाँ इमिशन मापदन्ड बिएस ६ अनुसार निर्माण भएको होन्डा सिटी हाइब्रिड मोडल बजारमा ल्याउने भएको हो ।
होन्डा कार इन्डियाकी प्रेसिडेन्ट गाकु नाकासानीले पर्यावरणको सुरक्षाको लागि हाइब्रिड सवारी साधान उत्पादन गरिएको जानकारी दिइन । उनले उक्त मोडलमा बिगर प्रोपर्सन दिइएको छ भने नयाँ प्रविधी दिएको जानकारी दिएकी छन । यसमा डिजेल सिभीटी अप्शन दिइएको छ ।
यसमा उपलब्ध आइ भिटेक १.५ लिटर पेट्रोल र आइ डी टेक १.५ लिटर डिजेल इन्जिन रहने छ । कम्पनीले केही समय पछिमात्रै उक्त मोडल सार्बजनिक गर्ने घोषणा गरेको छ ।


