इटहरीमा दीपलको एक्सचेन्ज क्याम्प हुँदै, रोबोट पनि देखाइने

इटहरी । भदौ २० गते (शुक्रबार)देखि इटहरीमा दीपलको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना हुने भएको छ ।

एमएडब्लू वृद्धिले इटहरीको आधिकारिक डिलर सर्ब मोटर्सको नयाँ शोरुम उद्घाटनको अवसरमा टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो ।

दीपलको उक्त नयाँ शोरुममा ग्राहकले भदौ २० देखि २३ गतेसम्म दीपलका अत्याधुनिक ईभी लाइनअपको टेस्ट ड्राइभ र मानव रोबोटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले दीपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दीपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र दीपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सक्ने छन् ।

साथै, ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन, केही निश्चित दीपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, ट्राभल चार्जर निःशुल्क पाउने छन् ।

यो कार्यक्रममा दीपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने छ । जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउने छन् ।


Back_to_top