काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी सम्पूर्ण काम अनिश्चितकालका लागि बन्द गरेको छ ।
विभागले आइतबार एक सूचना जारी गर्दै लाइसेन्स छपाइ तथा वितरण लगायतका सूचना प्रविधि सम्बन्धी सम्पूर्ण प्रणाली बन्द भएको जानकारी गराएको हो ।
विभागले संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको जनाएको छ ।



