भारत आयो सिट्रोन, आगामी वर्ष सी–५ एयरक्रस सार्वजनिक गर्ने

काठमाडौं । फ्रेन्च अटो उत्पादक कम्पनी ग्रुप पीएसएको सिट्रोन कम्पनीले भारतीय बजारमा प्रवेशको आधिकारीक घोषणा गरेको छ । भारतमा प्रवेश गर्दै कम्पनीले २०२० मा आफ्नो पहिलो मोडल सेट्रोन सी–५ एयरक्रस एसयूभी ल्याउने बताएको छ ।

यस मोडल १.५ लिटर र २.० लिटर डिजेल इन्जिन, १.२ लिटर र १.६ लिटर पेट्रोल इन्जिन गरि चार इन्जिन अप्सनमा उपलब्ध गराउने छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन स्टान्र्डडको रुपमा आउने छ भने ८ स्पीड अटोमेटिक युनिटको विकल्पको रुपमा रहने छ ।

५ सिटर एसयूभी सिट्रोनमा १२.३ इन्च टीएफटी इन्स्ट्रुमेन्ट स्क्रिन दिइने छ । जसमा, अटो हाइ बिम फिचर, स्मार्ट हेडल्याम्प, अटेन्शन असिस्ट, क्रश ट्राफिक डिटेक्शन, ब्लाइन्ड स्पट असिस्ट, हिल होल्डलगायतका विशेषता रहने छ ।

यसैबीच, कम्पनीले पहिलो वर्ष ५० हजार गाडी उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीले डोमेस्टिक मार्केट, एक्सपोर्टको लागि उक्त मोडल उत्पादन गर्ने भएको हो । पीएसए ग्रुुपले युरोपेली मुलुकसँगै उत्तरी अमेरिकामा समेत व्यापारीक पहुँच बढाउँदै लगेको छ ।

हाल, सिट्रोनले भारतीय बजारलाइ निर्यात हब नै बनाएर आफ्नो व्यापारिक पहुँच बढाउने योजनासहित प्रवेश गरेको हो । ग्रुप पीएसएले केही समय अगाडि सिके बिर्ला ग्रुपसँग सहकार्य गर्देै ब्यापार विस्तार गर्ने योजना बनाएको थियो ।

कम्पनीले भारतमा स्थापित प्लान्टबाट वार्षिक तीन लाख  कार उत्पादन गर्ने योजना बनाएको थियो । भारतलाई चीन र दक्षिण अमेरिकामा व्यापार गर्नको लागि हब रुपमा बिस्तार गर्ने कम्पनीको योजना छ ।

कम्पनीले भारतमा विकास गरिने मोडलमा अन्तर्राष्ट्रिय मार्केटमा प्रयोग भइरहेको स्टार्टेजीको प्रयोग गरिने विश्वास व्यक्त गरेको छ । कम्पनीले टाटा कन्सल्टेन्सीसँंगको सहकार्यमा उक्त गाडी उत्पादन गर्नेे भएको छ भने, ९५ प्रतिशत पार्ट लोकलाइजेशन गर्नेछ । त्यस्तै कम्पनीले २०२१ मा मेड फर इन्डिया मोडल निर्माण गर्ने जनाएको छ ।


Back_to_top