यस्ता छन् सांघाई मोटर शोमा देखाइएका ११ फ्यूचर इलेक्ट्रीक कार

चीनको सांघाईमा जारी सांघाई मोटर शो २०१९ मा सवारी उत्पादक कम्पनीहरुले इलेक्ट्रीक कार उच्च प्राथमिकताका साथ सार्वजनिक गरेका छन् । स्टार्टअप कम्पनीदेखि चिनियाँ तथा विश्वभरका प्रतिष्ठित सवारी उत्पादक कम्पनीहरुले भविष्यमा आउने इलेक्ट्रीक कार शोकेस गरेका छन् ।

विश्वभरका ठूला तथा स्टार्टअप सवारी उत्पादक कम्पनीहरुले इलेक्ट्रीक सवारी उत्पादनको रिसर्चमा अर्बौं डलर लगानी गरिरहेका छन् । तर त्यस अनुरुपको बजार भने विश्वमा बनि सकेको छैन ।

अहिलेको अवस्थामा केही कम्पनीहरु इलेक्ट्रीक कार उत्पादनबाट सस्टेन भएका छन् भने अन्यले भविष्यनै इलेक्ट्रीक कारको भएको भन्दै लगानी गरि रहेका छन् ।

यहाँ सांघाई मोटर शोमा शोकेस गरिएका आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रीक कन्सेप्ट कारबारे चर्चा गरिएको छ ।

क्वीनटू के५०


चिनियाँ स्टार्टअप कम्पनी क्वीनटूले सांघाई मोटर शोमा इलेक्ट्रीक कुपे सार्वजनिक गरेको छ । यो कारले ४ सय हर्सपावरको शक्ति उत्पादन गर्ने कम्पनीको दाबी छ । यो कार अमेरिकी बजारमा मनपराइने अनुमान गरिएको छ ।

निसान आइएमक्यू


जापानी कार कम्पनी निसानले सांघाईमा इलेक्ट्रीक कन्सेप्ट कार सार्वजनिक गरेको छ । निसानले यसलाई एलिभेटेड स्पोर्टस सेडान भनेको छ । यो कारको ह्वीलवेस ठूलो हुने र स्पेसियस क्याविन रहने कम्पनीको भनाई छ ।

रेनो इजेड अल्टिमो


रेनोेले सांघाईमा सार्वजनिक गरेको कन्सेप्ट इलेक्ट्रक कार स्वचालित हुनेछ । यो पूर्ण रुपमा इलेक्ट्रीक कार हो । यो कार निक्कै अत्याधुनिक रहेको जनाइएको छ ।

फक्सवागन आइडी रोमज


जर्मन कार उत्पादक कम्पनी फक्सवागनले सांघाईमा इलेक्ट्रीक स्पोर्ट युटिलिटी भेइकलको कन्सेप्ट सार्वजनिक गरेको हो । यो कारले टेस्लाको मोडल एक्सलाई टक्कर दिने अनुमान गरिएको छ । पूर्ण एसयूभी यो कार २०२१ देखि बजारमा आउने छ ।

मर्सिडिज बेन्ज कन्सेप्ट जीएलबी


मर्सिडिजले सांघाई अटो शोमा एसयूभी इलेक्ट्रीक कन्सेप्ट कार सार्वजनिक गरेको छ जुन रग्ड डिजाइनमा आधारित छ । यो कार भित्र बस्ने यात्रुले आवश्यकता अनुसार सिटको लाइनअप बदलन सक्नेछन् ।

बीएआइसी आर्कफक्स–जीटी


चीनको बीएआइसी ग्रुप अन्तर्गतको बीएआइसी कम्पनीले सांघाई मोटर शोमा इलेक्ट्रीक कन्सेप्ट कार सार्वजनिक गरेको छ । यो कारले १ सय किलोमिटर दूरि २.५९ सेकेन्डमै तय गर्ने दाबी कम्पनीको छ ।

बीएमडब्लू भिजन आइनेक्स्ट


जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले सांघाई मोटर शोमा इलेक्ट्रीक कन्सेप्ट कार सार्वजनिक गरेको छ । यो कार टच फङ्सनमा चल्ने अटोनोमस हुनेछ । यो कन्सेप्ट कार पर्संनल एसिस्टमेन्टमा समेत चल्ने छ ।

सीपिङ जी–३


चीनको सिओपिङ मोटर्सले सांघाई मोटर शोमा इलेक्ट्रीक कन्सेप्ट कार सार्वजनिक गरेको छ । सीपिङ जी–३ फाइभ स्टार इलेक्ट्रीक एसयूभी भएको दाबी कम्पनीले गरेको छ । यो कार स्वचालित हुनेछ । सीपिङले यो कारको फस्ट ब्याच गएको डिसेम्बरमा हस्तान्तरण समेत गरि सकेको छ । जसको मूल्य करिब ३३ हजार देखि ३७ हजार ५ सय डलरसम्म रहेको छ ।

अडी एआइःएमई


अडीले सांघाई मोटर शोमा इलेक्ट्रीक कन्सेप्ट कार सार्वजनिक गरेको छ । कम्पनीले एआइःएमई कन्सेप्टमा भविष्यका लागि विभिन्न कार डिजाइन गरि रहेको छ । यो कार स्वचालित हुनेछ ।

एनआइओ इटी 


चीनको सांघाई वेस्ड कम्पनी एनआइओले सांघाई मोटर शोमा इटी सिरिजको सेडान कन्सेप्ट सार्वजनिक गरेको छ । यो कार टेस्लाका लागि चिनियाँ जवाफको रुपमा रहने चिनियाँहरुको विश्वास छ । यो कम्पनीको भ्यालू ६.४ अर्ब डलर रहेको छ ।

इकोना न्यूक्लियस


इकोनाले निक्कै आकर्षक र अटोनोमस इलेक्ट्रीक कन्सेप्ट कार सांघाई मोटर शोमा सार्वजनिक गरेको छ । यो कारमा अहिले भएका कारको ढोका जस्तो ढोका हुने छैन । यो कार सेमि–ट्रान्सप्यारेन्ट हुनेछ । जसका कारण यात्रुले सहज रुपमा बाहीर देख्न सक्ने छन् ।


Back_to_top