धोवीखोला करिडोरमा रेलिङ राख्न सुरू

काठमाडौं । धोबीखोला करिडोर अन्तर्गत काठमाडौंको रुद्रमति पुलनजिक रेलिङ राख्न सुरू गरिएको छ ।

उक्त क्षेत्रमा रेलिङ नहुँदा सवारी साधन बारम्बार खोलामा खस्न थालेपछि सुरक्षाका लागि रेलिङ राख्न लागिएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले धोवीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मतसम्भार थालेको हो ।

नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नहुँदा बारम्बर सवारी दुर्घटना हुने र मानिसको ज्यान समेत जाने गरेको छ । त्यसैलाई मध्येनजर गर्दै रेलिङ नभएको स्थानहरूमा राख्न थालिएको प्राधिकरणले जनाएको छ ।

धोवीखोला करिडोर काठमाडौंको मुख्य सडकमा ट्राफिक जाम हुँदा वैकल्पिक सडकको रुपमा प्रयोग हुँदै आएको छ ।


Back_to_top