बिक्रीको लागि आइपुग्यो आइकार भी-२३, बुकिङ गर्नेले पाउने

काठमाडौं । दशैं अगाडि नै नेपालमा सार्वजनिक भएको आइकार भी-२३ बिक्रीको लागि नेपाल आइपुगेको छ । आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइल्सका अनुसार छिट्टै देशभरबाट डेलिभरी सुरु हुनेछ ।

आकर्षक रेट्रो लुक्स र आधुनिक साइबर टेक इन्जिनियरिङको मिश्रण भनेर ब्याख्या गरिएको भी-२३ मा १०० किलोवाटको इलेक्ट्रीक मोटर छ । उक्त मोटर रियर ह्वील ड्राइभ सिस्टममा दिइएको हो ।

आइकार ब्राण्डमै बिक्री सुरु हुन लागेको भी-२३ मा ५९.९३ किलोवाट आवरको ब्याट्री छ । यसलाई सिंगल चार्ज गर्दा ४०१ किलोमिटर गुडाउन मिल्ने कम्पनीको दावी छ ।

हेर्दै अफरोड भेहिकलको झल्को दिने एसयूभीमा २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, फुटपेज, बक्सी डिजाइन, ७४४ लिटरसम्म बढाउन मिल्ने बुट स्पेश दिइएको छ ।

यसको फ्रन्टमा स्मोक्ट फ्रन्ट ग्रिल, राउण्ड हेडलाइट र स्क्वायर अफ फेस रहेको छ । यो एसयूभीमा रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल, एक्टरनल स्टोरेज कन्टेनरले यो एसयूभीलाई रगेड एप्पिरियन्स दिएको छ । यसमा साइड ओपनिङ रियर डोर दिएको छ ।

आइकार भी-२३ को इन्टेरियरमा क्वालकम स्न्याप ड्रायगन ८१५५ चिपको पावर भएको १५.४ इन्चको सेन्टर टचस्क्रीन, इलेक्ट्रीकल्ली एड्जस्टेबल र भेन्टिलेटेड फ्रन्ट सिट, ७ वटा स्पीकर सहितको अडियो सिस्टम, ९० लिटरको अन्डर फ्लोर ट्रङ्क र अन्डर सिट कम्पार्टमेन्ट, अटोमेटिक पार्किङ सिस्टम, ड्राइभर असिस्ट सिस्टम (एडास) उपलब्ध छ ।

आइकार भी-२३ इलेक्ट्रीक एसयूभीको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम, उचाइ २७३५ एमएम रहेको छ । सुरुमा बुकिङ गर्नेले ४७ लाखभन्दा कम मूल्यमा पाउने छन् ।


Back_to_top