रोकिएको दुबई उडान भाेलिदेखि सुचारु गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सले मध्यपूर्वको द्धन्द्धको कारण स्थगित भएको काठमाडौं-दुबई उडान पुनः सुरू गर्ने भएके छ ।

एयरलाइन्सले मंगलबार एक सूचना जारी गर्दै बुधबार र बिहीबार काठमाडौं दुबई उडान गर्न लागेको जानकारी दिएको हो ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै १० दिनदेखि उक्त रुटमा उडान हुना सकेको थिएन । यात्रुको सहजतालाई मध्येनजर दुबई गर्दै उडान संचालन गर्न लागिएको निगमले जनाएको छ ।

निगमका अनुसार काठमाडौंबाट पौने १२ बजे जहाज दुई प्रस्थान गर्ने छ भने बिहीबार दुबईबाट काठमाडौं फर्किनेछ । एयरलाइन्सले फेब्रुअरी २८ देखि मार्च ९ सम्म टिकट लिई यात्रा गर्न असमर्थ भएका यात्रुलाई टिकट पुनः प्रमाणीकरण गर्न आग्रह समेत गरेको छ ।

‘फेब्रुअरी २८ देखि मार्च ९ सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुले मार्च ११ का दिन यात्रा गर्न इच्छुक भएमा इमेलमा टिकट पठाइ पुनः प्रमाणीकरण गराउनु पर्छ। प्रमाणित टिकट अनुसार तथा निगमको सूचना समेतलाई आधार मानी यात्रा गर्न अनुरोध छ,’ निगमले सूचनामा भनेको छ।

यसअघि टिकट काटेर जान नपाएका यात्रुहरूलाई जहाजको सिट उपलब्धता अनुसार ‘फर्स्ट कम फर्स्ट सर्भिस बेसिस’मा टिकट दिने नेपाल एयरलाइन्सले जनाएको छ ।

यद्यपि, मध्य पूर्वमा जारी असहज परिस्थिति र सुरक्षाको कारणले जुनसुकै समयमा उडान रद्द हुन सक्ने एयरलाइन्सले जनाएको छ । यदि विषम परिस्थितिका कारण यात्रा अवरुद्ध भएमा निगमले कुनै आर्थिक तथा अन्य दायित्व वहन नगर्ने स्पष्ट पारेको छ ।


Back_to_top