अग्नी ग्रुपको ब्रान्ड एम्बास्डर श्रृखला खतिवडा, २५ जनालाई २५ हजार पुरस्कार

काठमाडौं । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुपले पूर्वमिस नेपाल श्रृखला खतिवडालाई ब्रान्ड एम्बास्डर बनाएको छ । कम्पनीले शुक्रबार एक कार्यक्रम गरि खतिवडालाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको हो ।  

ब्रान्ड एम्बास्डर भएसँग श्रृखला खतिवडाले महिन्द्राका गाडीको प्रमोसनमा लाग्ने छिन् । अग्नीले खतिवडालाई महिन्द्राको इलेक्ट्रीक कार इटूओ समेत दिएको छ । 

त्यस्तै अग्नी ग्रुपले बोलेरो खरिद गरेका २५ जना ग्राहकका सन्ततीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिएको छ । एसइइ दिएर बसेका बोलेरो किन्ने ग्राहकका सन्तानलाई उक्त रकम उपलब्ध गराएको हो । 

अग्नी इनकर्पोरेटेडले विगत लामो समयदेखि नेपाली बजारमा महिन्द्राका प्यासेन्जर कार तथा दुईपांग्रे सवारी बिक्री गर्दै आएको छ । महिन्द्राको एसयूभी सेगमेन्टमा स्कर्पियो नेपाली बजारमा निक्कै लोकप्रिय रहेको छ । 

त्यस्तै महिन्द्राका एक्सयूभी–५००, युटिलिटी भेइकल बोलेरो, टीयूभी–३०० केयूभी–१०० लगायत सवारी बिक्री गर्दै आएको छ । साथै महिन्द्राले इलेक्ट्रीक कार इटूओ समेत बिक्री गर्दै आएको छ । 

महन्द्रिाले केही समय अघि भारतमा सार्वजनिक गरेको एक्सयूभी–३०० नेपाली बजारमा ल्याउने तयारी गरि रहेको छ ।


Back_to_top