काठमाडौं । मूल्य ३१ लाख रुपैयाँ रहेको दायुन ईभी ३ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट तिरेर घर लैजान पाइने भएको छ । सीजी मोटर्सले दायुनको ह्याचब्याक कारमा विशेष स्कीम दिएको हो ।
मूल्य ३१ लाख रुपैयाँ भएपनि नगद छुटसहित ३ लाख ९९ हजार तिरेर दायुन ह्याचब्याक कार घर लैजान पाइने भएको हो । दायुनको ईभी किन्नेले डाउन पेमेन्ट तिरेको रकम बाहेक २० लाख रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ ।
अहिले बैंकको ब्याजदर अत्यन्त न्यून भएको कारण मासिक २८ हजार रुपैयाँ हाराहारी किस्ता तिर्नेगरी खरिद गर्न सकिने छ । सीजी मोटर्सले जेठ ६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा महाएक्सचेन्ज मेला लगाएर दायुन ईभी बिक्री गरिरहेको छ ।
दायुन ह्याचब्याक कारमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ३०.६६ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी ।

दायुनको कम्प्याक्ट कारको मुख्य विशेषता ग्राउण्ड क्लियरेन्स हो । यसमा २०१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
यसमा ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टायर प्रेसर मनिटरिङ सिस्टम, एयरब्याग, ईबीडी सहितको एबीएस, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्स छन् । साथै, यसमा सेग्मेन्टकै उत्कृष्ट फुल इन्डिपेन्डेन्ट सस्पेन्स छन् ।

दायुन ईभीमा प्रिमियम तथा सेग्मेन्ट लिडिङ जीबीटी चार्जिङ सिस्टम जडान गरिएको छ । सीजीले आफ्नो चार्जिङ नेटवर्कको भरपुर प्रयोग गर्न जीबीटी चार्जर हालेर ल्याएको हो ।


