झण्डै ३७ हजार किमी पुग्यो संघीय सडक संजाल

काठमाडौं । संघीय सरकारले निर्माण गरेको सडक संजालको कुल दुरी झण्डै ३७ हजार किलोमिटर पुगेको छ ।

अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ अनुसार २०८२ फागुन मसान्तसम्म कुल सडक संजाल ३६ हजार ८०६ किलोमिटर पुगेको हो ।

प्रतिवेदन अनुसार २०८२ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक संजाल गरी २० हजार ४५६ किलोमिटर कालोपत्र, ७ हजार ६०२ किलोमिटर ग्राबेल र ८ हजार ७४८ किलोमिटर कच्ची सडक रहेको छ ।

२०८२ असारसम्म संघीय सडक संजाल कुल ३६ हजार २२६ किलोमिटर थियो । जसमा २० हजार ४३ किलोमिटर कालोपत्रे, ७ हजार ५११ किलोमिटर ग्राबेल र ८ हजार ६७२ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३६ हजार २२६ किलोमिटर रहेको थियो ।

देशभर सडकको लम्बाइ १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। जसमा प्रादेशिक तथा स्थानीय सडक संजाको विवरण अनुसार ६८ हजार १०० किमी सडक विस्तार भएको छ। जसमा ४८ हजार ६६५ किमी धुलो तथा कच्ची, ग्राबेल सडक १४ हजार ३३९, कालोपत्रे सडक ५ हजार ९६ किमी सडक विस्तार भएको छ।


Back_to_top